प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार बसेको प्रदेशसभाको बैठकमा कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्मा सम्बोधन गर्नेबारे पनि छलफल भएको अध्यक्ष नेपालले बताए।
शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
नेता कोइरालाले देश अप्ठ्यारो स्थितिमा रहेकाले तत्काल सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ। किनभने, एमाले बाहेक संसद्मा रहेका कुनै पनि दलले विश्वासको मत दिने निर्णय गरेका छैनन्।
विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।
एकीकृत समाजवादी अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने उल्लेख गर्दै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।
सहमतिका माध्यमबाट कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने एमाले अध्यक्ष ओलीको भनाइ छ।
कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।
कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले शिक्षाप्रणालीको खराबी र यसमा भएको व्यापारका कारण देश दुर्दशामा फसेको दाबी गरे।
सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने सांसद शर्माको भनाइ छ।
विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतको सुझाव छ।
नेकपा एमालेका सांसदहरूले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिइ विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई 'राजा' भनेकोमा आपत्ति जनाएका छन्।
चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्।
अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’मा १६५ जना निर्वाचित भएका छन्।
सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने तर बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको टिप्पणी गर्दै सांसद पौडेलले अहिले दिइँदै आइएका बिदाहरू पनि आधा घटाउनुपर्ने बताए।