AnonymousUser

Logout

संसद्लाई फलदायी बनाउन सरकार गम्भीर नबनेको राष्ट्रियसभा अध्यक्षको टिप्पणी

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले बिजनेस दिन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको बताएका छन्।

मन्त्रिपरिषद्‍बाट राष्ट्रपतिको युरोप भ्रमण स्वीकृत, दुई जनाको नागरिकता रद्द

सरकारले झुटो विवरण पेस गरिएको भन्दै काभ्रेपलान्चोकबाट निमा तामाङ र कालीकोटबाट देवराज धमालाको नाममा वंशजका आधारमा जारी नागरिकता रद्द गर्दै उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने छुट छैन: रक्षामन्त्री

आगामी २०८३ चैत्र मसान्तभित्र फास्ट ट्र्याक सम्पन्न गरिसक्न मन्त्रिपरिषद्ले दिएको समय सीमाभित्र नेपाली सेनाले आयोजना सम्पन्न गर्नुपर्ने रक्षामन्त्री खड्काको भनाइ छ।

शान्तिप्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन: ओली

एमाले अध्यक्ष ओली हिंसा मच्चाउने र अन्याय गर्नेहरू अहिले न्यायाधीश बनेर सरकारको साँचो बोकी शान्तिप्रक्रिया टुंग्याउन भनेर लागेको टिप्पणी गरे। 

रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले सर्वोच्चको फैसलालाई सरकारले निर्णय लिँदा संविधान, कानून र नियमलाई ध्यानमा राख्नुपर्ने सुझावको रूपमा लिएको बताए।

कोशीमा सहमतीय सरकारको विकल्प छैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ।

टीआरसी विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता सापकोटाले राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणले शान्तिप्रक्रियाका बाँकी काम मौलिक र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्‍याउन सहयोग पुगेको बताए।

सांसदले सदनमा मातृभाषामा बोल्न पाउँछन्, अभिलेख नेपालीमा बोल्नेको मात्र!

२०१६ सालको संसद्‍मा पनि कतिपय सांसदले मातृभाषामा बोलेका थिए। २०६२/६३ सालपछि सबै सांसदले बोलेको सम्पूर्ण विवरण राख्नुपर्ने नियम बनाउन थालियो। तर मातृभाषामा सांसदले के बोलेका थिए भन्ने विवरण नै पाइँदैन।

पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य निर्माण गरिएको छः रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताए।

चालु संसदको अधिवेशन राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

१९५ स्थानीय तहले अझै थालेनन् अस्पताल निर्माण प्रक्रिया

सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा  सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य पुर्‍याउने उद्देश्यले पाँच, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। 

‘सिद्धान्तहीन राजनीतिले कांग्रेसका कार्यकर्तामा निराशा पैदा भयो’

कांग्रेस नेता डा. शेखर कोइराला व्यावहारिक राजनीतिका नाममा पार्टीले आफ्नो सिद्धान्त छाड्न नहुने बताउँछन्।

पीडितकेन्द्रित भएर शान्तिप्रक्रिया टुंग्याउनुपर्छ: ओली

शान्तिप्रक्रिया टुंगो लगाउँदा सर्वोच्च अदालत र विश्व मानवअधिकार परिषद्को सुझावलाई पनि ध्यान दिनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ।

सुपारी आयात—निर्यातमा चलखेल भएको सांसदहरूको आशंका

सांसदले अन्य कृषिजन्य वस्तुको आयात–निर्यात गर्न सरकारले विशेष निर्णय गर्न नपर्ने तर सुपारीमा छुटै विशेष निर्णय किन गर्नुपर्ने भन्दै कारण माग गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले निर्वाचन जित्न नसक्ने बताए।

राष्ट्रियसभाका १९ सदस्यका लागि माघको दोस्रो साता निर्वाचन गर्ने आयोगको तयारी 

राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुन २१ गतेबाट रिक्त हुँदै छ। तीमध्ये १९ पदमा माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने आयोगले तयारी गरेको छ।

कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय

कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको जसपाले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ।

गुटेरेससामु शान्तिप्रक्रियाबारे देश विभाजित देखाउन खोजिएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियाबारे राम्रो धारणा राखे तापनि नेपालकै नेताहरूले देश विभाजित छ भनेर देखाउन खोजेको गुनासो गरे।

संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न भूमिका खेल्न सक्छ : गुटेरेस [सम्बोधनको पूर्णपाठ]

नेपालले शान्तिप्रक्रियाको अन्तिम चरणको तयारी गरिरहेको उल्लेख गर्दै महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

गाजाका नागरिकको जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणपत्र

मानवअधिकार तथा शान्ति समाजले गाजामा नागरिकको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ।