एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले चर्चामा रहेका जुनसुकै प्रकरणको छानबिन गरिए पनि सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।
सांसद माधव सापकोटा समाजलाई अनुशासित बनाउन सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृङ्खलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे।
पर्यटनमन्त्री किरातीले चिनियाँ जहाजका सम्पूर्ण सामानहरू नपाउँदा घाटा लागेको भन्दै यसको निकासका लागि पटक–पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए।
कांग्रेस सांसद गगन थापाले कानूनी छिद्र प्रयोग गरी गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद माफी मिनाहा गरिएको भन्दै विरोध जनाएका छन्।
काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका सभापति डा आरजु राणा देउवाकाे नेतृत्वकाे ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा दुवै पक्षले नेपाल…
बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटघाटमा द्विपक्षीय चासोका विविध विषयमा छलफल भएको छ।
अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।
दलहरूको आयव्यय विवरण महालेखा परीक्षकको कार्यालयबाट अडिट गराइदिनासाथ निर्वाचनमा भइरहेको अत्यधिक खर्च कम हुने निर्वाचन विज्ञको भनाइ छ।
‘भेप’मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले फागुन १ गतेको बिदा फिर्ता नलिए त्यसविरुद्ध आफूहरूले कदम चाल्ने चेतावनी दिएका थिए।
सांसदहरूले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राप्रपाका सांसद धवलशमशेर जबराले ‘साइबर क्राइम’ नियन्त्रण गर्न नसकिए देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद जनार्दन शर्माले सार्वभौम संसद्मा सबै सांसदहरूले आफ्नो धारणा राख्न पाउने भएकाले बोल्न दिने समयमा विभेद गर्न नहुने बताए।
संसद्मा उपस्थित भएर जनताको आवाज उठाउने र आवश्यक कानून निर्माण गर्ने जिम्मेवारीसहित निर्वाचित भएका सांसद हाजिर मात्र गरेर वा बीचैमा ‘टाप कस्दा’ चल्दै गरेको बैठकसमेत रोक्नुपर्ने अवस्था आउने गरेको छ।
एमाले अध्यक्ष ओलीले शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको टिप्पणी गरेका छन्।
रास्वपा सांसद असीम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झूटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन्।
अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर छलफल गरी समाधानका उपाय अगाडि बढाउनुपर्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ छ।
ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाएका छन्।