AnonymousUser

Logout

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच भेटवार्ता

भेटघाटका क्रममा मन्त्री साउदले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि नेपालले कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए।

विन्दु कुमारीको स्थानमा सञ्जिला यादवलाई सांसद बनाउने जसपाको निर्णय

जसपाले मधेश प्रदेशसभामा रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ।

गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकका लागि तयारी मंगलबार बिहान पूरा हुने

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्।

कोशीका मुख्यमन्त्री कार्की र एमाले प्रमुख सचेतक भण्डारीबीच मन्त्रिपरिषद् बिस्तारबारे छलफल

कोशी प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा एमाले प्रमुख सचेतक भण्डारीले सत्तारूढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा नबस्ने अडान राखेको छन्।

राष्ट्रिय मर्यादासम्बन्धी विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रियसभामा पेस गरिने

विधायन व्यवस्थापन समितिले मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथिको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन्। 

ट्राफिक जाँचमा पर्दा नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

ट्राफिक जाँचका क्रममा नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको छ।

कोशी प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल

सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो अपिल गरेका हुन्।

‘वातावरण बिगार्नेहरूलाई दायित्व पूरा गराउन राष्ट्रसंघले झकझक्याउनुपर्छ’

राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै पारित गर्ने देउवाको प्रतिबद्धता

कांग्रेस सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

गुटेरेससँगको भेटमा ओलीले भने– प्रधानमन्त्रीका कारण शान्तिप्रक्रिया टुंग्याउन असहज भयो

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका ‘हिंसालाई महिमामन्डन गर्ने क्रियाकलापले’ शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका छन्। 

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रसंघका महासचिवको भ्रमणले शान्तिप्रक्रिया टुंग्याउन सहज हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

राष्ट्रसंघका महासचिवले गरे इजरायलमा बेपत्ता विपिनको सकुशल फिर्तीको कामना

महासचिव गुटेरेसले शान्तिप्रक्रिया अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश तथा पीडितको आवश्यकताअनुसार टुंग्याउन आग्रह गर्दै आवश्यक परे राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

एक चौथाइ सरकारी बिदा कटौती गर्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एक चौथाइ सरकारी बिदा कटौती गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

दल र राज्यका संस्थाप्रति नागरिकको विश्वास घटेको छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको दाबी गरेका छन्।

गरिबी र भ्रष्टाचार नियन्त्रण दलहरूको साझा मुद्दा बन्नुपर्छ : रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले जनताले गरेको विश्वासलाई पुष्टि गर्नु, पार्टी निर्माण गर्नु र दस्ताबेज निर्माण गर्नु पार्टीको आगामी चुनौतीका रूपमा व्याख्या गर्दै प्राप्त जिम्मेवारी पूरा गर्ने दाबी गरे।

शान्तिप्रक्रियाबारे राष्ट्रसंघका महासचिवलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टंग्याउने विषयमा दलहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा सकारात्मक सन्देश दिन सक्नुपर्ने बताउँछन्।

दलहरूमाथि प्रश्न उठाउनेलाई मिलेर गतिलो जवाफ दिन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अराजकता सृष्टि गर्ने उद्देश्यसाथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउनेहरूलाई मिलेर गतिलो जवाफ दिने तयारी भइरहेको बताए।