यसअघि रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य थिए।
सरकार विकास, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको बर्तौलाको भनाइ छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटका क्रममा प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका हुन्।
प्रदेश मन्त्रीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर संघीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउने प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए।
प्रधानमन्त्री दाहालले वर्तमान परिवर्तनका बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पछाडि फर्काउन नसक्ने दाबी गरे।
बैठकमा सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए।
नेपालमा जलवायु परिवर्तनको असरको अवस्था आकलन गरी कोप–२८ सम्मेलनमा सोही अनुरूप क्षतिपूर्तिको विषय दह्रोसँग राख्नुपर्ने सांसदहरूको भनाइ छ।
कोशी प्रदेश सरकारले अध्यादेशमा रहेको भन्दा ५० करोड रुपैयाँले बढाउँदै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ।
शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा विभिन्न जिल्लाबाट काठमाडौँ आएकाहरूले आफूहरू गणतन्त्र फाल्नुपर्ने पक्षमा नरहेको, गणतन्त्र हाँक्ने नेताहरूलाई भने सुध्रिनका लागि सचेत बनाउन आएको बताएका छन्।
प्रशासनले निषेधित क्षेत्र तोकेको तीनकुनेमा दुर्गा प्रसाईं समूहका अराजक गतिविधि नियन्त्रण गर्ने आदेश पाएको प्रहरी त्यतिमा सीमित थिएन। त्यहीकारण त्यो क्षेत्रमा सर्वसाधारणले शुक्रबार नसोचेको जगजगी भोगे।
समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताइन्।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ अगाडि बढेको टिप्पणी गरे।
समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामको निगरानी गर्ने, प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशन दिने कामसमेत गर्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ।