विधायन व्यवस्थापन समितिले मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथिको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन्।
ट्राफिक जाँचका क्रममा नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको छ।
सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो अपिल गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।
कांग्रेस सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका ‘हिंसालाई महिमामन्डन गर्ने क्रियाकलापले’ शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
महासचिव गुटेरेसले शान्तिप्रक्रिया अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश तथा पीडितको आवश्यकताअनुसार टुंग्याउन आग्रह गर्दै आवश्यक परे राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एक चौथाइ सरकारी बिदा कटौती गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको दाबी गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेले जनताले गरेको विश्वासलाई पुष्टि गर्नु, पार्टी निर्माण गर्नु र दस्ताबेज निर्माण गर्नु पार्टीको आगामी चुनौतीका रूपमा व्याख्या गर्दै प्राप्त जिम्मेवारी पूरा गर्ने दाबी गरे।
एकीकृत समाजवादी अध्यक्ष नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टंग्याउने विषयमा दलहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा सकारात्मक सन्देश दिन सक्नुपर्ने बताउँछन्।
प्रधानमन्त्री दाहालले अराजकता सृष्टि गर्ने उद्देश्यसाथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउनेहरूलाई मिलेर गतिलो जवाफ दिने तयारी भइरहेको बताए।
कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका एमाले अध्यक्ष ओलीले ठूलो दलमाथि प्रश्न उठेको नभई उठाउने कोशिश मात्रै भएको टिप्पणी गर्दै यसको यथोचित ढंगले जवाफ दिइने बताएका छन्।
एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए।
उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए
परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका छन्।