माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने मागसहित रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने रास्वपाले जनाएको छ। जसमा एक दलित महिलासहित चार महिला सदस्य अनिवार्य गरिएको छ। त्यस्तै छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।
कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका नेताहरूले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा मापदण्ड बनाएर नपाएकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन्।
बुधबार नै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव तोकेका थिए।
संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानून बनाउन लागेको बताइन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा अगाडि बढाउन दबाब दिने बताए।
कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।
रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अध्ययन भइरहेको बताएका छन्।
उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै डिजिटल प्रविधिमा महिलाको पहुँच पुर्याउन सबैको साथ चाहिने पनि बताइन्।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंग्याउने बताएका छन्।
एमाले अध्यक्ष ओलीले बैंकहरूलाई कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउन, अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समय म्याद थप गरेर उद्यम व्यवसायमा सहयोग गर्न आग्रह गरेका छन्।
कोरम नपुगेर संसदीय समितिका बैठक स्थगित भएका वा आमन्त्रितले बोल्दाबोल्दै सांसदहरू उठेर हिँडेका उदाहरण त प्रशस्तै छन्, प्रधानमन्त्रीलाई पटकपटक बोलाउँदा पनि नगई संसद्को कार्यकाल सकिएको उदाहरण पनि छ।
एमाले अध्यक्ष ओलीले लुम्बिनीमा बुद्ध धर्मावलम्बी र चीनबाट पोखरालगायतका स्थान घुम्न वार्षिक रूपमा १० लाखसम्म पर्यटक आउन सक्ने भन्दै त्यसका लागि सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए।
भ्रष्टाचारका प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएकाले यसको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री दाहाललाई आगामी सोमबारको बैठकमा बोलाएर एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको छ।
सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा ३ र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा थप सुधारका लागि सरकारले ‘केही नयाँ घोषणा’ गर्ने तयारीमा गरिरहेको बताएका छन्।