रास्वपाले एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि पार्टीका कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणका कार्यक्रम स्थगित गरेका छन्। उनी मंगलबार भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रुकुमपश्चिम जाने भएका छन्।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो।
भूकम्पले १६५ घरधुरी रहेको नलगाड नगरपालिका–१ को चिउरी गाउँस्थित चोचेटोलका सम्पूर्ण घर भत्किएपछि ७०० जना घरबारविहीन भएका छन्।
रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पबाट घाइते भएकाहरूको उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भूकम्प प्रभावितलाई राहत वितरणमा अन्याय हुन नदिन महामन्त्रीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने पार्टीले निर्णय गरेको जानकारी दिए।
सरकारले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको छ।
जाजरकोट र रुकम पश्चिमका भूकम्प पीडितलाई सरकारले एकद्धार प्रणालीबाट मात्रै राहत वितरण गर्ने प्रधानमन्त्री दाहालले बताएका छन्।
सरकारले सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ।
राजनीतिक दलहरूले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूको सहयोगका लागि जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा बाह्य समस्याले अप्ठ्यारो पार्ने गरेको बताउँछन्।
पार्टीको ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म आयोजना गर्न लागिएका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।
नवनियुक्त मन्त्री उप्रेति नेकपा माओवादी केन्द्र र जवेगु नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन्।
लोकतन्त्रमा सरकारको कामप्रति चित्त नबुझे प्रतिपक्षी दलहरूले सदनमा आवाज उठाउने र सडक संघर्ष गर्ने गर्छन्। तर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने सडकमा ‘जनपरिचालन’ कार्यक्रम ल्याएको छ।
कांग्रेस सभापति देउवाले संघीयतामाथिका छिटपुट गुनासालाई स्वाभाविक मानेका उल्लेख गर्दै संविधान कार्यान्वयनमा आएका समस्या समाधान गरेर अगाडि बढ्न सकिने बताए।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले बिजनेस दिन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको बताएका छन्।
सरकारले झुटो विवरण पेस गरिएको भन्दै काभ्रेपलान्चोकबाट निमा तामाङ र कालीकोटबाट देवराज धमालाको नाममा वंशजका आधारमा जारी नागरिकता रद्द गर्दै उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।
आगामी २०८३ चैत्र मसान्तभित्र फास्ट ट्र्याक सम्पन्न गरिसक्न मन्त्रिपरिषद्ले दिएको समय सीमाभित्र नेपाली सेनाले आयोजना सम्पन्न गर्नुपर्ने रक्षामन्त्री खड्काको भनाइ छ।
एमाले अध्यक्ष ओली हिंसा मच्चाउने र अन्याय गर्नेहरू अहिले न्यायाधीश बनेर सरकारको साँचो बोकी शान्तिप्रक्रिया टुंग्याउन भनेर लागेको टिप्पणी गरे।