AnonymousUser

Logout

राष्ट्रसंघका महासचिवले कात्तिक १४ गते संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ।

गठबन्धनमा कांग्रेसको ‘ट्रयाक टु’ राजनीतिः कोशीकै बाटोमा बागमती 

कोशी प्रदेशमा आफ्नै दल (कांग्रेस) भित्र ‘विद्रोह’ गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत पाएसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन कसरत अघि बढेको छ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

मन्त्री महतोले जीवनजन्तुको संख्या बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट सिर्जित समस्या व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

राप्रपाद्वारा कोशीमा प्रमुख प्रतिपक्षी दलका लागि दाबी

राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन्।

मन्त्रिपरिषद्को निर्णय : सुपारी, केराउ र मरीच पैठारी गर्न अनुमति

सरकारले औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ।

खाद्यान्न र चिनी आपूर्तिको समस्या आजदेखि हल हुन्छ : प्रधानमन्त्री

जनतालाई कुनै प्रकारको असुविधा नहोस् र उपभोग्य वस्तुहरू सहज र निरन्तर आपूर्ति भइरहोस् भन्नेमा सरकार जिम्मेवार रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ गठबन्धनका नेताहरूले उल्लेख गरेअनुसारको राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक नरहेको बताए।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयाघात, अस्पताल भर्ना

श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

पार्टी सदस्यता लिएसँगै पद खोज्ने प्रवृत्तिप्रति ओलीको कटाक्ष–दुई महिनामा भैँसी ब्याउँदैन

सदस्यता लिनेबित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले कसैले चाहँदैमा दुई महिनामा भैँसी नब्याउने तर्क गरे।

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको छ।

नेता र नेतृत्वमा रहेका व्यक्तिबाट कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी: सभामुख घिमिरे

फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक 'लाइफ इन पेण्डामिक'को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन उर्जामन्त्री बस्नेत थाइल्यान्ड प्रस्थान

जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।

नेपाल प्रहरीको विश्वस्तरमा प्राप्त ख्याति हाम्रा लागि महत्त्वपूर्ण पुँजी हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सीमित स्रोतसाधन, जनशक्ति र अनेकौँ चुनौतीबीच
अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताए।

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

नागरिकताले एनआरएनएलाई नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति 

राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।

चिकित्सा शिक्षा र सीटीईभीटीसम्बन्धी अध्ययन गर्न गठित उपसमितिको कार्यावधि थप

संसदीय समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका लागि सरकारलाई निर्देशन दिएको छ।

मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहको पद रिक्त 

नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।

कोशीमा कांग्रेसका एक जनालाई मन्त्री बनाउने भनेको एमालेका पनि थपिएछन् : प्रधानमन्त्री

देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।

कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।

प्रधानमन्त्री भन्छन्– लाखौँ प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो

प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने प्रचलन बढेको टिप्पणी गरे।