AnonymousUser

Logout

प्रधानमन्त्रीलाई गगन-विश्वप्रकाशको ११ बुँदे ध्यानाकर्षण, पुनर्निर्माणमा संसद् विकास कोषको रकम प्रयोग गर्न सुझाव

ध्यानाकर्षणपत्रमा चिसोले भूकम्प प्रभावित सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकलाई थप कष्टकर अवस्थामा पुर्‍याउने औँल्याउँदै अस्थायी आवासका लागि युद्धस्तरमा काम अघि बढाउन भनिएको छ।

२०८४ को निर्वाचनमा जनताको विश्वास जितेर सरकारको नेतृत्व गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू सरकारमा रहने नरहने भन्दा पनि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा कति काम गर्न सकियो त्यो महत्त्वपूर्ण कुरा हुने बताए।

हवाई भाडामै राज्यकोषको २५ लाख खर्चेर राष्ट्रपतिले गरेको जाजरकोट–रुकुम ‘अवलोकन’ 

राष्ट्रपति पौडेलले केही घण्टा भूकम्पप्रभावित क्षेत्रमा बिताउँदा हवाई भाडामा मात्र राज्यकोषबाट २५ लाख रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्रीलगायतका उच्चपदस्थहरूले गरेको अवलोकन भ्रमणको त लेखाजोखा नै छैन।

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदै गएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गरेको स्मरण गर्दै सरकारले रोल्पालाई विशेष महत्त्व दिएको जिकिर गरे। 

एउटै ब्रान्डको विद्युतीय गाडीलाई मात्र ट्याक्सी बनाउने नीति गलत: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्याक्सीका रूपमा जुनसुकै ब्रान्डका गाडी आए पनि ती सबैलाई सहमति दिन आवश्यक रहेको बताए।

संघीय सरकारले प्रदेशका अधिकार हडपेको कोशीका मुख्यमन्त्रीको आरोप

मुख्यमन्त्री कार्कीले संघीय सरकारले कब्जा गरेर राखेका अधिकार प्रदेशमा ल्याउन सिंहदरबारमा धर्नाका साथै सर्वोच्च अदालतमा मुद्दा हाल्ने जिकिर गरे।

नेपाल एकीकरणपछिकै ठूलो कर्म ‘जनयुद्ध’ भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री दाहालले जनताका तहबाट गरिएको ‘जनयुद्ध’को आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी रहेको बताए।

मन्त्रिपरिषद्का सदस्यले १ महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्नेसमेत गरेको छ।

मूलपानी, भरतपुर र विराटनगरको रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाइने

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले रंगशाला निर्माणलाई प्राथमिकता दिने निर्णय भएको मन्त्री शर्माको भनाइ छ।

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

कैलालीको टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदालतबाट दोषी ठहर भएका चौधरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाएर जेठ १५ गते रिहा भएका थिए। 

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

जाजरकोट भूकम्पका कारण उद्धार तथा राहतमा सक्रिय हुनुपरेकाले यूएई भ्रमण स्थगित गरेको उपप्रधानमन्त्री खड्काले जनाएका छन्।

रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा बिहीबार निर्णायक सुनुवाइ हुँदै

सजाय माफीको निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायत बोहराले जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। उक्त रिटमाथी आज निर्णायक सुनुवाइ हुन लागेको हो। 

भूकम्प प्रभावित क्षेत्रमा एमालेले स्वयंसेवक परिचालन गर्ने

एमालेको केन्द्रीय सचिवालय बैठकले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री खड्का राहत सामग्री लिएर जाजरकोटमा

राहत वितरणपछि पुनर्स्थापनाको काम शुरू नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

मधेश प्रदेश सरकारले माग्यो छुट्टै प्रहरी प्रशासन

बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको बताए।

आरती साहको 'न्यायका लागि' प्रभु साह धर्नामा

आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ।

मंसिरमा हुनुपर्ने रास्वपाको महाधिवेशन, नेताहरूमै छैन हुने विश्वास

रास्वपाको विधानअनुसार राष्ट्रिय महाधिवेशन अगाडि वडा, पालिका र प्रदेशको अधिवेशन गरिसक्नु पर्छ। तर अहिलेसम्म उसले पालिकास्तरमै संगठन विस्तारको काम सकेको छैन। 

राज्य व्यवस्था समितिका सदस्यहरू अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रमा

गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरू बुधबार बिहान सुर्खेतबाट जाजरकोट गएका हुन्।

गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको उल्लेख गर्दै जुनसुकै हदसम्म गएर भए पनि क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ: प्रधानमन्त्री

सबै नेताहरूबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकै खालको प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालको भनाइ छ।