एनसेल प्रकरणमा कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समितिसमेत बनाएको प्रधानमन्त्री दाहालले जानकारी दिए।
कांग्रेस महामन्त्री गगन थापा गुटको अन्त्य गर्ने भनिए तापनि पार्टीभित्रको विद्यमान पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता रहेको बताउँछन्।
प्रधानमन्त्री दाहालले भने, “यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन्। समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।”
प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षालाई पनि सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरे।
सांसद र संसद् सचिवालयका कर्मचारीसहितको २० जनाको टोली चिनियाँ सरकार मातहतको निकायले ‘स्पोन्सर’ गरेको भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।
भ्रष्टाचार, दुर्घटनालगायत घटना छानबिन गर्न राज्यका स्थायी संयन्त्र पन्छाएर समिति र आयोग बनाउनु ढाकछोप तथा अनुकूल नतिजा देखाउने प्रपञ्च भएको सांसदहरू नै बताउँछन्। तर सरकार त्यस्तै संयन्त्र बनाइरहेको छ।
दाहाललाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको तर अहिलेसम्म कुनै राम्रो काम गर्न नसकेको कांग्रेस महामन्त्री थापाको भनाइ छ।
राप्रपाले जनता, शुभेच्छुक तथा शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने अध्यक्ष लिङ्देनले बताएका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा विपिन जोशीको सकुशल रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषय उठाएको बताएका छन्।
प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्त्वहरूले सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन्।
मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।
बागलुङको गलकोटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुनमा बस्ने महासमिति बैठकले पार्टीलाई दिशानिर्देश गर्ने बताएका छन्।
उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि ‘न्याय पाएको’ चर्चा भइरहेको कांग्रेस वृत्तमा हिजो सभापति देउवाको रक्षाकवचझैँ बनेका बालकृष्ण खाँणको सम्भावित ‘मूभ’ कतातिर होला भन्ने लेखाजोखा हुन थालेको छ।
कांग्रेस नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए।
खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो।
शहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ।
शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुँदैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने प्रस्तावमा बैठकमा छलफल हुने बताएका छन्।
माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने मागसहित रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने रास्वपाले जनाएको छ। जसमा एक दलित महिलासहित चार महिला सदस्य अनिवार्य गरिएको छ। त्यस्तै छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।