AnonymousUser

Logout

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित: सत्ता गठबन्धन

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ।

त्रिविको उपकुलपति छनोट कार्यविधि पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सांसद श्रेष्ठको ध्यानाकर्षण

सांसद श्रेष्ठले उपकुलपति छनोट कार्यविधि आधारभूतमा रूपमा अस्पष्ट, अपूर्ण र समस्याग्रस्त पाइएको भन्दै पुनरावलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन्।

एकीकृत समाजवादीले उमेर हद नराख्ने, नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले सबै कमिटीका पदाधिकारी तथा सदस्यको चयन महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचितबाट गर्ने निर्णय गरेको छ।

दरबार हत्याकाण्डको छानबिन हुने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।

भारतसँगको विद्युत् व्यापार सम्झौता शीघ्र सार्वजनिक गर्न प्रतिपक्षी दलका सांसदको माग 

प्रतिपक्ष दलका सांसदहरूले भारतसँग हालै गरिएको विद्युत् व्यापारसम्बन्धी सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।

सत्तारुढ दलहरूमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बनाएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्।

गगन थापाले झापाबाट थाले ‘संवाद यात्रा’

जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको शरूआत गरेको थापाले बताएका छन्।

‘ग्याङ्स अफ वीरगन्ज’ मा बदलाको हतियार बनेको ‘नागरिकता काण्ड’

वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र उनका पुराना प्रतिद्वन्द्वी मोहम्मद सहाबुद्दिनबीच दशकौँदेखि चलेको बदलाबाजीले पल्टा खाएको छ। पहिले सहाबुद्दिन र अहिले सिंहलाई तनाव दिने ‘नागरिकता काण्ड’को नालीबेली:

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए

माओवादी केन्द्र संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको शुक्रबार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए।

सांसद भन्छन्– ऐतिहासिक दस्ताबेज नष्ट गर्नेमाथि राष्ट्रद्रोहसरह मुद्दा चलाऊँ

सांसदहरूले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेज नष्ट गर्नेविरुद्ध राष्ट्रद्रोहसरहको मुद्दा चलाएर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

ईभीको आयात बढ्दा लक्ष्यअनुसार राजस्व उठ्न सकेन: अर्थमन्त्री

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका छन्।

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेले जित्यो एक सिट

राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

केही व्यक्ति सामाजिक सद्भाव र एकता खलबल्याउन लागेका छन्: प्रधानमन्त्री

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै, नतिजा पनि आजै आउने

प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुँदैछ।

एनआरएनए विवाद छानबिन गर्न समिति गठन

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको हो।

जनमत–जसपा टकराव: मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता

मधेश सरकारको नेतृत्व शुरूको एक वर्ष जसपाले तथा पछिल्ला दुई–दुई वर्ष जनमत र कांग्रेसले गर्ने समझदारी थियो। त्यही समझदारी तोडिन थालेपछि बढेको जसपा–जनमत टकराव बदलाको राजनीतितर्फ उन्मुख हुँदैछ।

मधेश सरकारबाट बाहिरियो जनमत, जनमुखी काम गर्न नदिएको आरोप

मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले जनमुखी काम गर्दा बाधा अड्चन गरेको, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूमातहतका मन्त्रालयहरू पनि एकल ढंगले चलाउने गरेको आरोप लगाएको छ।

संघीय संसद् अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस

मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

एमालेको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्रीले भने– बजेटलाई जनमुखी बनाउँछौँ

एमालेले उठाएका विषय मध्यपहाडी क्षेत्रका जनता, राजनीतिक दल र सरकारको समेत मुद्दा भएकाले सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए।

सबै कम्युनिस्ट दलबीच एकता जरुरी: देव गुरुङ 

उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको पनि बताए।