AnonymousUser

Logout

राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्ने शेखर–गगन समूहको जोड

कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका नेताहरूले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा मापदण्ड बनाएर नपाएकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन्।

संघीय संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

बुधबार नै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव तोकेका थिए।

पद्मप्रसाद पाण्डे संसद्को कार्यवाहक महासचिव नियुक्त

संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका थिए। 

साइबर सुरक्षासम्बन्धी कानून बनाउँदै सरकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानून बनाउन लागेको बताइन्।

संसद् कार्यपालिकाबाट प्रभावित हुँदा जनताका मुद्दा ओझेलमा परे : रास्वपा

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा अगाडि बढाउन दबाब दिने बताए। 

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।

मौद्रिक नीतिको समीक्षामा नीतिगत लचकता अपनाए पनि अर्थतन्त्रमा दबाब कायम छ: प्रधानमन्त्री

रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।

रुसी सेनामा २०० नेपाली भर्ती भएको जानकारी आएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अध्ययन भइरहेको बताएका छन्।

कानून बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन: उपसभामुख रानामगर

उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै  डिजिटल प्रविधिमा महिलाको पहुँच पुर्‍याउन सबैको साथ चाहिने पनि बताइन्।

‘संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रिया अपनाउँछौँ’

 प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंग्याउने बताएका छन्।

बैंकले निर्मम साहु होइन, सहयोगी संस्थाका रूपमा काम गर्नुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले बैंकहरूलाई कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउन, अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समय म्याद थप गरेर उद्यम व्यवसायमा सहयोग गर्न आग्रह गरेका छन्। 

भुत्ते बन्दै ‘मिनी संसद्’: सांसद बैठकमै बस्दैनन्, प्रधानमन्त्री र मन्त्रीले टेर्दैनन्

कोरम नपुगेर संसदीय समितिका बैठक स्थगित भएका वा आमन्त्रितले बोल्दाबोल्दै सांसदहरू उठेर हिँडेका उदाहरण त प्रशस्तै छन्, प्रधानमन्त्रीलाई पटकपटक बोलाउँदा पनि नगई संसद्को कार्यकाल सकिएको उदाहरण पनि छ।

सरकारले पोखरा र लुम्बिनी विमानस्थल सञ्चालनमा बेवास्ता गर्‍यो: ओली

एमाले अध्यक्ष ओलीले लुम्बिनीमा बुद्ध धर्मावलम्बी र चीनबाट पोखरालगायतका स्थान घुम्न वार्षिक रूपमा १० लाखसम्म पर्यटक आउन सक्ने भन्दै त्यसका लागि सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए। 

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न पूर्ण छैन: प्रधानमन्त्री

भ्रष्टाचारका प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएकाले यसको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन्।

राज्य व्यवस्था समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे प्रधानमन्त्रीसँग जानकारी लिने

राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री दाहाललाई आगामी सोमबारको बैठकमा बोलाएर एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको छ।

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा ३ र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।

अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा आशाको सञ्चार हुन सकेन: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा थप सुधारका लागि सरकारले ‘केही नयाँ घोषणा’ गर्ने तयारीमा गरिरहेको बताएका छन्।

उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ छ, भरे नै पनि बन्द हुनसक्छ: चिरीबाबु महर्जन

काठमाडौँ महानगरले फोहोर व्यवस्थापनमा देखाएको उदासीनताले जुनसुकै बेला पनि रोकिने अवस्था रहेको महर्जनको दाबी छ। 

एनसेलको सेयर बिक्री छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।

प्रधानमन्त्री र बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

बालुवाटारमा भएको शिष्टाचार भेटमा आपसी हित र सहकार्यका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।