AnonymousUser

Logout

सदनमा उपसभामुखको राजीनामा माग

सत्तापक्षका सांसदले उपसभामुखले पदीय मर्यादा विपरीत काम गरेको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गर्दा प्रतिपक्षी सांसदले उपसभामुखको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।

उपसभामुखको पत्रबारे रास्वपाले भन्यो– पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरियो

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमनको रेकर्डमा देश बाहिर गएको नदेखिएको र आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।

बीपी कोइरालाको ४२औँ स्मृति दिवस मनाइँदै

२०१५ सालको आमनिर्वाचनपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।

एमालेले प्रधानमन्त्रीलाई बुझायो ३ वर्षभित्र सरकारले गर्नुपर्ने कामको सूची

उपमहासचिव ज्ञवालीका अनुसार पार्टी केन्द्रीय विभागबाट आएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१बुँदे सुझाव दिइएको छ।

मन्त्रिपरिषद‍्मा दलित : ढोकासम्म पुग्छन्, प्रवेश पाउँदैनन्

संविधानको धारा ७६ को मर्मअनुसार १३ प्रतिशतभन्दा बढी जनसंख्या रहेको दलित समुदायबाट कम्तीमा ३ जना मन्त्री हुनुपर्छ। तर दुई वर्षयता मन्त्रिपरिषद् बैठकमा भाग लिने गरी कोही पनि दलितलाई मन्त्री बनाइएको छैन।

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।

शरतसिंह २०औँ पटक मन्त्री हुँदा लोसपामा विवाद, पार्टी विभाजनसम्मको चेतावनी

चार महिनाअघि श्रममन्त्रीबाट पदमुक्त भएका भण्डारीलाई लोसपा अध्यक्ष महन्थ ठाकुरले फेरि मन्त्री बनाएर पठाएपछि वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पक्षले पार्टी फुटाउने चेतावनी दिएका छन्।

बाढीपहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

विपद्का कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको पनि सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

वर्षाबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

विद्या भट्टराई : ओली क्याबिनेटमा आशालाग्दो अनुहार

राजनीतिले थलिएको मन्त्रालयको क्षमता उकास्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसमाथि गठबन्धनको सरकारमा मन्त्री भएर काम गर्दा उनले कति दबाब थेग्न सक्छिन् त्यो भविष्यले नै देखाउने छ।

ओली क्याबिनेटमा ४ दलका २१ मन्त्री

कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाको तर्फबाट १ जना मन्त्री बनेका हुन्। 

कांग्रेस–एमाले साढे तीन दशकदेखिको सहकार्य, कस्तो होला यसपालि?

२०४६ सालदेखि सहकार्य गर्नथालेका कांग्रेस र एमालेले यसपालि संविधान संशोधनसम्मको अजेन्डा अघि सारेर सत्तासाझेदारी गरेका छन्। योसँगै प्रश्न उठिरहेको छ, उनीहरुको सहकार्य संसद्को बाँकी कार्यकालसम्मै चल्ला?

नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति पाैडेलसमक्ष लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भर्खरै शीतल निवासमा आयोजित विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

ओली प्रधानमन्त्री नियुक्त, शपथ सोमबार बिहान

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ओलीको शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिबाट संविधानको धारा ७६ को २ बमोजिम सरकार गठनका लागि आह्वान

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सांसदलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

नौ वर्षपछि प्रतिपक्ष: नेतृत्वले नै झन् पछि झन् कमजोर बनाएको माओवादी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सत्ता गुमाएसँगै पछिल्ला १७ वर्षयता प्रायः सरकारमै रहेको यो पार्टीलाई, सत्ताका निम्ति नेतृत्वले नै झन् पछि झन् कमजोर पारेको टिप्पणी भइरहेको छ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न पनि निर्देशन दिएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपा, जसपा र जनमतको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छन्।