AnonymousUser

Logout

रास्वपाका महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

रास्वपाको अनुशासन आयोगको सिफारिसमा महामन्त्री एवं प्रवक्ता डा. ढकाललाई केन्द्रीय समितिले निलम्बन गरेको हो।

सरकारबाट बाहिरियो एमाले, प्रधानमन्त्री दाहालसमक्ष मन्त्रीहरूले बुझाए राजीनामा

सबै ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ।

मुकुल ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा रास्वपाका केन्द्रीय सदस्य

महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै सबै सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेका मनिष झाले बताए।

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

नयाँ सत्ता समीकरण बनिसकेको अवस्थामा पनि प्रधानमन्त्री दाहालले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

मनिष झा भन्छन्– अधिकांश केन्द्रीय सदस्यले अस्वीकार गरेपछि बैठक लाइभ नगरिएको हो

महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्ने सर्त राखे पनि बाँकी सबै केन्द्रीय सदस्यले सो सर्तलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रसारण नभएको सहप्रवक्ता एंव सांसद मनिष झाले बताए।

कसरी असफल भयो दाहालको ‘म्याजिक नम्बर’?

समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका प्रधानमन्त्री दाहालले संसद्का दुई ठूला पार्टीलाई पालैपालो ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने

नयाँ सरकार गठनका लागि दुई दल एमाले र कांग्रेसले प्रधानमन्त्री दाहालको राजीनामा पर्खिरहेका बेला उनले राजीनामा नदिई विश्वासको मत लिने बताएका हुन्।

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाले पदाधिकारी बैठक आह्वान गरेको जनाएको छ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि दुवै दलका नेताहरू नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्।

कांग्रेस–एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री बन्दै

सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका हुन्।

कर्णाली प्रदेशसभाः कांग्रेससँग नौ बुँदे सहमतिपछि गतिरोध अन्त्य

आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट विनियोजन असन्तुलित र असमानुपातिक भएको भन्दै यही असार ५ गतेदेखि नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो।

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्नुका साथै विभिन्न निर्णय गरेको छ।

राष्ट्रियसभा बैठकः विनियोजन विधेयकमाथि मिश्रित टिप्पणी

सत्तापक्षीय सांसदहरूले विधेयकको सकारात्मक पक्षलाई जोड दिँदै आलोचनात्मक टिप्पणी गरे भने प्रतिपक्षी दलका सांसदहरूले बजेट छरिएको, आर्थिक अनुशासन कायम गर्न नसकेको टिप्पणी गरे। 

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो।

प्रतिनिधिसभा बैठक: राहत तथा उद्धारका काममा तीव्रता दिन माग

बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

महाधिवेशनको माहोल छाडेर सत्ताको ‘रस’मा रमाइरहेको रास्वपा

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख भएको र सत्तालिप्सामा लागिरहे रास्वपा विवेकशील पार्टीजस्तो अवस्थामा परिणत हुनसक्ने खतरा औँल्याएका छन्।

बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेको चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताए। 

मधेश प्रदेशसभाले पारित गर्‍यो बालिका संरक्षण विधेयक

मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। 

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा अवरुद्ध

कांग्रेसले लुम्बिनी प्रदेश सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ।