AnonymousUser

Logout

राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन

गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अवस्थाबारे निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।

७ वटै प्रदेशमा गठबन्धनको बहुमत : कहाँ को मुख्यमन्त्री बन्दैछन्?

संघीय सरकारका लागि नयाँ गठबन्धन बनेसँगै प्रदेशमा पनि यही गठबन्धनको सरकार बन्ने निश्चित छ। जसमध्ये चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र र एउटामा जसपा वा जनमतको नेतृत्वमा सरकार बन्ने सम्भावना छ।

माओवादी कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधबारको बैठकले शर्मालाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्।

माधव नेपाल भर्चुअल बैठकमा, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग सुझाव लिँदै

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे पार्टीभित्र सल्लाह तथा सुझाव लिन थालेका छन्।

सांसदहरूले तलबसहित के–के पाउँछन् सेवा–सुविधा?

सांसदले स्वदेशभित्र भ्रमण गर्नुपरेमा दैनिक भ्रमण–भत्ताबापत २ हजार ५०० रुपैयाँ पाउँछन् भने विदेश भ्रमण गर्नुपरे प्रतिदिन २२५ डलर पाउने छन्।

उपसभामुखसहित ५ मन्त्रालयमा रास्वपाको दाबी

रास्वपाका प्रवक्ता मुकुल ढकालले सत्तागठबन्धनको बैठकमा थप पाँच मन्त्रालयसँगै उपसभामुखमा पनि दाबी गर्ने बताए।

दाहाललाई भेटेपछि ओलीको प्रतिक्रिया–‘सरकारलाई बलियो बनाउने कुरा भयो’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नवगठित सरकारलाई बलियो बनाउने तथा सरकारको मूल नीत के हुने भन्ने विषयमा छलफल भएको छ।

जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विराेध

बुधबार भएको निर्वाचनबाट रामसहाय प्रसाद यादव जसपा संसदीय दलको नेतामा निर्विरोध भएका छन्।  

संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा

नयाँ संसद्को पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। संसद् सचिवालयका अनुसार सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक तयारी सम्पन्न भएको हो।

प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्। 

कांग्रेसकाे संस्थापन इतर समूह छलफलमा

कांग्रेसकाे संस्थापन इतर समूहमा सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठ्न थालेकाे छ। 

माधव नेपाललाई सरकारमा आउन दाहालको प्रस्ताव, नेपालको जवाफ– ‘पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ’

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

सरकारमा सहभागिताबारे माधव नेपाल र उपेन्द्र यादवसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन संवाद थालेका छन्।

जसपा संसदीय दलको निर्वाचन आज 

अशाेककुमार राई र राजकिशाेर यादवमध्ये एक जना जसपा संसदीय दलको नेता बन्ने सम्भावना छ।

दाहालका दिन र दशा : माओवादी नेताहरू नै भन्छन्– ‘यो अवसर होइन संकट हो’

१४ वर्षमा तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले प्राप्त गरेको यो सम्भवतः ‘अन्तिम अवसर’ भनेर चर्चा भइरहँदा माओवादी नेताहरू नै भन्दैछन्– यो प्रचण्डको अवसर नभएर संकट हो।

बालकोटमा खाजा खाएर सत्ता गठबन्धनमा पुगेका रवि लामिछानेका तीन दिन

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछाने मंगलबार बिहान सचिवभन्दा अगाडि मन्त्रालय पुगेका थिए। उनले चमेना गृहमा नै खाना खाएका थिए।

जसपाले सरकारमा जानेबारे राजनीतिक समितिको बैठकपछि निर्णय लिने

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन कठिन छ: मीन विश्वकर्मा

संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दल रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने मीन विश्वकर्माको टिप्पणी छ।

रास्वपामा चल्छ रवि लामिछानेको एकल निर्णय, पार्टीको निर्णयबेगर बने गृहमन्त्री

सरकारमा जाने विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा छलफल भए पनि निर्णय गर्ने अधिकार रवि लामिछानेले लिएका थिए। उनी गृहमन्त्री बन्ने सुनिश्चित हुँदासमेत सांसद र केन्द्रीय सदस्यलाई जानकारी थिएन।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।