AnonymousUser

Logout

शेखर–गगन समूह निर्णायक छलफलमा

संसदीय दलको नेतामा आकांक्षा राखेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छुट्टै छलफल गरेको छ।

देउवासँग को भिड्दैछ संसदीय दलमा, शेखर–गगन मिल्छन् कि एक्लाएक्लै लड्छन्?

दुई दिनपछि हुने कांग्रेस संसदीय दलको निर्वाचनमा अहिलेको प्रमुख प्रश्न सभापति देउवासँग भिड्ने संस्थापनइतरको उम्मेदवारलाई लिएर छ। डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवै दलको नेता बन्ने कसरतमा छन्।

घर न घाटको हुने गल्ती गर्दैनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका पार्टी र नेताहरूमा अहङ्कार बढे र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न तयार रहेको बताएका छन्।

निर्वाचन क्षेत्र निर्धारणमा त्रुटि : जनसंख्यालाई आधार मान्दा काठमाडौँलाई लाभ, अरूलाई ‘अन्याय’

काठमाडौँमा भन्दा बढी मतदाता मोरङ र झापा जिल्लामा छन्। तर, मतदातालाई नभइ जनसंख्यालाई निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड बनाउँदा झापाभन्दा काठमाडौँमा सांसद संख्या दोब्बर छन्।

शंकर पोखरेलको तर्क : शहरिया मध्यम वर्गका कारण देशमा अस्थिरता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्गमा विचलन देखा परेको बताएका छन्। उनले हरेक चुनावमा नयाँ-नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने बताए।

माधव नेपाल बने एकीकृत समाजवादी संसदीय दलको नेता

नेकपा एकीकृत समाजवादीको दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार

कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आकाङ्क्षा देखाएका छन्।

सांसदहरूको शपथ पुस ७ गते, प्रमाणपत्रसहित उपस्थित हुन संसद् सचिवालयको आग्रह

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पुस ७ गते १ बजे शपथग्रहण गराउने गरी तयारी भइरहेको जनाए।

सांसदको शपथ नभई प्रधानमन्त्री नियुक्त गर्न मिल्छ?

विज्ञहरूले सांसदको शपथबिना प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसदीय व्यवस्थामा सरकार संसद्‌बाट बन्ने र संसद्‌बाहिरबाट बन्ने सरकार संसद्‌प्रति उत्तरदायी हुन नसक्ने दाबी उनीहरूको छ।

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत्

रास्वपाले संसदीय दलको नेतामा रवि लामिछानेलाई सर्वसम्मत चुनेको छ। पार्टीले आजै उपनेता, प्रमुख सचेतक तथा सचेतक पनि चुन्दैछ।

माओवादीले सांसदको शपथपछि मात्रै संसदीय दलको नेता चुन्ने

नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि संसदीय दलको नेता छान्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल थाल्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीमा दाहालको दाबीले ल्याएको तरंग, के होला गठबन्धन?

राष्ट्रपतिले प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न तोकेको समयसीमाभित्र नयाँ सरकार बन्ने वा नबन्ने सत्ता गठबन्धनको प्रमुख घटक, माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि गर्ने ‘चलखेल’मा निर्भर हुनेछ।

एकीकृत समाजवादीले सोमबार संसदीय दल गठन गर्दै

राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।

सांसदको शपथअगावै सरकार गठनको आह्वान गर्न मिल्दैन : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले शपथ लिनुअगाडि नै सरकार गठनका लागि आह्वान हुनु गलत भएको बताएका छन्।

आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य थाल्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठनका लागि संवाद थाल्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रपतिले शुरू गरिन् सरकार गठन प्रक्रिया, पुस १० भित्र प्रधानमन्त्रीको नाम दिन दलहरूलाई आह्वान

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।

संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो समिति

सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।

सांसदलाई नियमित गराउन संसद्‌मा राखिँदै विद्युतीय हाजिरी

संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो।

नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

संसदीय दलको निर्वाचन र नयाँ सरकार गठनका विषयमा छलफल गर्न आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

कांग्रेसमा संसदीय दलको नेता चुन्ने तयारी शुरू, कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै छ। बैठकमा संसदीय दलको चुनाव र नयाँ सरकार गठनबारे छलफल हुनेछ।