सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
नेपाली कांग्रेसले निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा दर्ता भएको मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्। उनलाई राष्ट्रपतिले आजै शपथ गराउने कार्यक्रम छ।
झन्डै दुईतिहाइ बहुमत रहेको सरकार र पार्टी जोगाउन नसकेका एमाले र माओवादी फेरि सरकारको पक्षमा दुईतिहाइ पुर्याउने रणनीतिमा छन्। यो रणनीतिमा एकीकृत समाजवादी र लोसपा केन्द्रमा आइपुगेका छन्।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताका लागि काम गर्ने बताए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने एमाले अध्यक्ष ओलीको पहलमा सबभन्दा पहिले साथ दिएको राप्रपा, आफू सरकारमा जान भने डराइरहेको छ। राप्रपाभित्र चर्किएको विवाद त्यसको कारण हो।
बैठकले सरकार निर्माणमा सहयोग गर्ने दलहरूलाई धन्यवाद दिनुका साथै केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।
नेता कोइरालाले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन अगाडि गम्भीर प्रश्न रहेको र त्यसको जवाफ दिनुपर्ने बताएका छन्।
नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको मुद्दा छानबिनका लागि अधिकतम पहल गर्ने निर्णय गरेका छन्।
प्रहरी प्रशासनबारे जानकार विज्ञहरूका अनुसार अब रवि लामिछानेविरुद्धको मुद्दाको अनुसन्धान प्रहरीले अगाडि बढाउने सम्भावना छैन। नवराज सिलवालको विषयमा पनि यस्तै भएको थियो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहणस्थलबाट बाहिरिएका छन्।
उपप्रधानमन्त्री र अर्थमा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भित्र आइतबार देउवाले आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियक्ति गर्न माग गर्दै दाबी पेस गरेका थिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्रीका लागि योग्य नभएको बताए। उनले पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।
१ वर्ष ६ महिना गृह मन्त्रालयको नेतृत्व गरेका बालकृष्ण खाँणले सफलतापूर्वक मन्त्रालयको कार्यभार सम्हालेको दाबी गरेका छन्। स्थानीय तह र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।
नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका छन्।