कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।
कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतरबाट गगन थापा साझा उम्मेदवार बन्नु एउटा परिघटना मात्र हो। तर, यही एउटा घटनाले मुलुककै पुरानोमध्येको पार्टीमा पुस्तान्तरणको ढोका खुलेको चर्चा भइरहेको छ।
नयाँ प्रतिनिधिसभा गठन हुने सुरसार भइरहँदा पनि एमालेले आफ्नो नेतृत्वको तत्कालीन सरकारले गरेको प्रतिनिधिसभा विघटनको औचित्य साबित गर्ने भरमग्दुर प्रयत्न गरिरहेको छ।
एमाले अध्यक्ष ओलीले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागेकाले आफ्नो पार्टी त्यसमा सामेल नहुने बताएका छन्।
जसपा र एकीकृत समाजवादीबीच एकता गर्न दुई पार्टीका अध्यक्षबीच छलफल भएको स्रोतले जनाएको छ। एकताको पहल भए पनि औपचारिक छलफलसम्म नपुगिएको नेताहरूले बताएका छन्।
एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रूपमा चयन भएका छन्। ओली विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा दलको नेता चयन भएका हुन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्त्रणका लागि संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई अघि सारेको बताएका छन्।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसको संस्थापनइतरबाट संसदीय दलको नेताको साझा उम्मेदवार गगन थापालाई नेता प्रदीप पौडेलले पनि साथ दिने भएका छन्।
पन्ध्रौँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्न सहमत भएपछि डा. कोइरालाले नै थापालाई दलको नेतामा प्रस्ताव गरेको स्रोतले जनाएको छ।
सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने माओवादी सांसद माधव सापकोटाले बताएका छन्।
नेपाली कांग्रेसको संस्थापन इतर समूहमा महामन्त्रीसमेत रहेका सांसद् गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने समझदारी जुटेको छ।
निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ।
संसद् सचिवालयले राप्रपाका पशुपतिशमशेर राणालाई प्रतिनिधिसभाको ज्येष्ठ सदस्य ठहर गरेको छ।
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो दुईदेखि तीनबजेसम्मको समय तोकिएको छ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।
कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।
बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहको छलफल मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्गिएको सहमहामन्त्री जीवन परियारले बताए।
अघिल्लो प्रतिनिधिसभामा विजयी रेशम चौधरीलाई जेलमा भएकै अवस्थामा शपथ गराइएको थियो। यसपटक आपराधिक पृष्ठभूमि भएका नवनिर्वाचित पाँच सांसदको शपथ रोक्न उजुरी पर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।