प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै निजगढ विमानस्थलको निर्माण पनि छिट्टै शुरू गर्ने बताएका छन्।
प्रदेशसभामा एमालेबाट ४०, कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, एकीकृत समाजवादीबाट ४ र जसपाबाट एक जना सांसद छन्। सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ।
नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने अभियानमा हातेमालो गर्ने सबै राजनीतिक दल र पक्षसँग आग्रह गरेका छन्।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि नरहेको बताएका छन्।
जसपाले यही पुस १८ र १९ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ।
प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
कांग्रेसभित्र असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माले बताएका छन्।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताएका छन्।
आलाेकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा सहभागी हुने नहुनेलगायत पछिल्लो राजनीति घटनाक्रमबारे छलफल हुने कार्यसूची छ।
कम्बोडियाको क्यासिनोमा आगो लाग्दा झापा बिर्तामोडका निराकार पाण्डेसहित १९ जनाको मृत्यु भएको छ।
प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ।
२०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्कालगायत नेता भारतबाट फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ।
जबराको पार्थिव शरीरलाई शनिबार बिहान साढे नौ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
एकीकृत समाजवादीको शनिबार बस्ने बैठकले सरकारमा सहभागी पनि हुने की समर्थन मात्रै गर्ने निर्णय लिने बताइएको छ।
नेकपा एमालेका सांसद एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले राज्यकै निकायले निजगढ विमानस्थल आयोजनालाई रोक्नु दुखद रहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ समकक्षीले पठाएको बधाई सन्देश हस्तान्तरण गरिएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।
शुक्रबार बिहान भएको निर्वाचनमा उद्धव थापा १८ मतसहित दलको नेता चुनिदा केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत पाए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।