AnonymousUser

Logout

सेनाका उपरथी प्रेम शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाही सर्वोच्चको पत्र लिएर मंगलबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। त्यहीक्रममा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ। 

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा रमेश लेखकलाई मनोनीत गरेका छन्।

मिटरब्याजीलाई कारबाही गर्न कानून नभएको निष्कर्षसहित कार्यदलले बुझायो प्रतिवेदन

मिटरब्याज पीडितका समस्या समाधानार्थ सरकारले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा कानूनको अभावमा पीडितहरूले न्याय पाउन जटिल रहेको उल्लेख छ।

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीले पुनः दिए निर्देशन

विदेशबाट व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउँदा विमानस्थल भन्सार कार्यालयमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल त्यसको समाधानका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिने 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। 

कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए।

अग्नि सापकोटादेखि ओनसरी घर्तीसम्म : यी हुन् माओवादीमा उपराष्ट्रपतिका आकांक्षी

सत्तागठबन्धनमा भएको सहमतिअनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति बन्न सर्वोच्चमा मुद्दा खेपिरहेका पूर्वसभामुख अग्नि सापकोटादेखि अरू थुप्रै नेताले जोडबल लगाइरहेका छन्।

सीआइबीलाई गृहमन्त्रीको निर्देशन– ‘निर्मला कुर्मीको घटना अनुसन्धान गरी यथाशक्य प्रतिवेदन पेस गर्नू’

गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणको चाँडोभन्दा चाँडो प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्रपूर्वक छानबिन गर्न सीआईबीलाई निर्देशन दिएका छन्।

एकीकृत समाजवादी पोलिटब्युरो सदस्यहरूको जोड- वाम शक्तिबीचको एकता

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा सम्पूर्ण पोलिटब्युरो सदस्यहरू एकमत रहेको बताए

सरकारलाई समर्थन गर्ने कि नगर्ने धर्मसंकट छ : जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा पोलिटब्युरो बैठकले परिपक्व निर्णय गर्ने बताए।

गृह मन्त्रालयको सभाकक्षमा 'इमर्जेन्सी एक्जिट' बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न स्थानीय निकायलाई आग्रह गरेका छन्।

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई आयोगको परामर्श

आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्न परामर्श दिएका छन्।

प्रधानमन्त्री दाहालले मन्त्रालयका काम–कारबाहीबारे सचिवहरूबाट लिए जानकारी

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर त्यहाँको काम–कारबाहीको विवरण लिएका हुन्।

सत्तारूढ गठबन्धनमा सामेल हुँदैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर अघि बढ्ने बताएका छन्। 

प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन्।

बालेनले दिएनन् अकुपाइ टुँडिखेलका अभियन्तालाई भेट, खुलामञ्च जोगाउन उपप्रमुखलाई बुझाइयो ज्ञापन–पत्र

अकुपाइ टुँडिखेल अभियानले खुलामञ्च संरक्षणका लागि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्रीले गरे आयोगसँग छलफल

राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

गृहमन्त्रीको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू

गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ। बैठकमा सबै जिल्लाका सीडीओका साथै सुरक्षानिकायका प्रमुखको उपस्थिति छ।

‘कार्यकर्तालाई भ्रममा पार्न एमालेसँग एकताको हल्ला चलाइयो’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीले एमालेसँग एकताका लागि कुनै प्रयास नगरेको बताएका छन्।

एकीकृत समाजवादी स्थायी समितिका अधिकांश सदस्य सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।