संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
अपराह्न १ देखि ४ बजेसम्म संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहाली गर्दै निजगढ विमास्थल अघि बढाउने बताएका छन्।
जनमत पार्टीले मन्त्रालय फेरिएको भन्दै मन्त्रिपरिषद् विस्तारबारे असन्तुष्टि जनाएको छ।
सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए।
प्रदेशसभामा सभामुखमा माओवादी केन्द्रबाट सांसद तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।
विश्वासको मतका पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो।
शपथग्रहणपछि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्।
राष्ट्रपतिबाट शपथ लिएलगत्तै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित राप्रपाबाट मन्त्री बनेका सबैजना दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।
नवनियुक्त मन्त्रीहरूलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउनुका साथै कार्यविभाजन समेत गरेकी छन्।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे हुने भएको छ।
सोमबार साँझ सत्तागठबन्धनले गरेको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले १ उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मन्त्रीको शपथ लिने तयारीमा जुटिसकेका कपिलवस्तु–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम अधिकारी एकाएक त्यो दौडबाट बाहिरिए, कसरी?
सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित भएका छन्।
सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएका छन्।
एमालेले पौड्याललाई परराष्ट्र मन्त्रालय र गिरीलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउन लागेको छ।
पार्टीको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने तीनजना मन्त्रीहरूको टुंगो लगाएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए।
सोमबार साँझ सत्तागठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले ऊर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने तय भएको थियो।