AnonymousUser

Logout

शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको हुँ : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि नरहेको बताएका छन्।

जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जसपाले यही पुस १८ र १९ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ।

भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

पार्टीभित्र खुल्ला र पारदर्शी छलफल गर्नुपर्छ : कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

कांग्रेसभित्र असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माले बताएका छन्।

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव आएको छैन: जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताएका छन्।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू

आलाेकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा सहभागी हुने नहुनेलगायत पछिल्लो राजनीति घटनाक्रमबारे छलफल हुने कार्यसूची छ।

कम्बाेडियामा मृत्यु भएका पाण्डेकाे शव नेपाल ल्याउने वातावरण मिलाउन प्रधानमन्त्रीकाे निर्देशन

कम्बोडियाको क्यासिनोमा आगो लाग्दा झापा बिर्तामोडका निराकार पाण्डेसहित १९ जनाको मृत्यु भएको छ।

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल निर्विरोध

प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

२०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्कालगायत नेता भारतबाट फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ। 

राप्रपा नेता तथा पूर्वसञ्चारमन्त्री श्रीषशमशेर जबराको निधन

जबराको पार्थिव शरीरलाई शनिबार बिहान साढे नौ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

सरकारमा सहभागिताको विषय टुङ्ग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

एकीकृत समाजवादीको शनिबार बस्ने बैठकले सरकारमा सहभागी पनि हुने की समर्थन मात्रै गर्ने निर्णय लिने बताइएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायको अवरोध: योगेश भट्टराई

नेकपा एमालेका सांसद एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले राज्यकै निकायले निजगढ विमानस्थल आयोजनालाई रोक्नु दुखद रहेको बताए।

प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षीको बधाई सन्देश हस्तान्तरण

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ समकक्षीले पठाएको बधाई सन्देश हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री दाहाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देश प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।

कांग्रेसकाे प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

शुक्रबार बिहान भएको निर्वाचनमा उद्धव थापा १८ मतसहित दलको नेता चुनिदा केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत पाए।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता, मन्त्रीमण्डल विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

तमु ल्होसार विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्हाेसारकाे शुभकामना दिँदै समस्त नेपालीबिच आपसी सम्बन्ध सुदृढ हुने जनाएका छन्।

प्रदीप ज्ञवाली भन्छन्- चलिरहेको छलफल सरकारकाे दायरा विस्तार गर्नमा मात्र सीमित छ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटका बेला सतिसालझैँ उभिएका नेता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नहुने बताएका छन्। 

आउँदाआउँदै ‘लोकरिझ्याइँ’मा गृहमन्त्री लामिछाने : असम्बन्धित अड्डा अनुगमन गरेर के सन्देश दिँदैछन्?

गृहमन्त्री लामिछाने कार्यालय अनुगमनमा जानु सकारात्मक भए पनि मन्त्रीस्तरबाट यस्तो गर्न नमिल्ने पूर्वउच्चपदस्थ कर्मचारी बताउँछन्। असम्बन्धित मन्त्रालयको अनुगमनमा जाँदा अराजकता हुने उनीहरूको भनाइ छ।

दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक छौँ : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएको छ।