प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए।
नेपाल हस्तकला महासंघको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासनिर्माण कमजोर पार्नेसँग सरकारले सम्झौता नगर्ने बताएका छन्।
बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुँदै छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएसँगै आफ्नो नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
नेपाली कांग्रेसले आसन्न सभामुख तथा उपसभामुखको निर्वाचनका लागि संसद्मा रहेका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले कूटनीति जानेका व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध खराब बन्दै गएको बताएका छन्।
नेकपा एकीकृत समाजवादी पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा सहभागी भएर कम्युनिस्ट आन्दोलन पुनर्गठनको सारथि भइदिन आग्रह गरेको छ।
सत्तासाझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भएको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीसहित दुई बिनाविभागीय मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरूले बिहीबार शपथ लिने भएका छन्।
प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेकाले प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी छ।
सरकारले विश्वासको मत पाएछि सत्तासाझेदार दलहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य शुरू गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएसँगै सत्तारूढ गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारतर्फ सोझिएको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा एमालेका राजेन्द्रसिंह रावललाई नियुक्त गरेका छन्।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।