सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न समय थप्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले थप आठ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाएका छन्।
नयाँ राष्ट्रपति चयनमा ‘राष्ट्रिय सहमति’ भनेर प्रधानमन्त्री दाहालले चलेको चालका पछाडि अरू धेरै रणनीति हुन सक्छन्। प्रमुख उद्देश्य भने ‘भित्र र बाहिर’ सबैतिर स्वीकार्य हुने अनुहारकै खोजी देखिन्छ।
महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।
बुधबार संवैधानिक इजलासमा शुरू भएको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।
पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। योसँगै प्रदेशको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता विरोधी धारणा सार्वजनिक गर्नु कानूनी तथा नैतिक रूपमा उपयुक्त नहुने बताएका छन्।
नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्र बचाउन सबै राजनीतिक दलले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन्।
समितिलाई १५ दिनको समय दिइएको छ। सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्यांकन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक रणनीति बनाइ परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए।
सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ।
नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको ५ बर्से कार्यकाल पूरा भएकै दिन नयाँ राष्ट्रपति पद बहाली हुने गरी निर्वाचनको तयारी थालिनुपर्ने माग निर्वाचन आयोग र सरकार समक्ष गरेको छ।
श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सांसदको टिकट नपाएपछि असन्तुष्ट रहेका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका छन्।
साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा कुल सांसदको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय गरेको बताएका छन्।