मधेश प्रदेशसभा सचिवालयले मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ।
सभामुख चयनका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार १० बजेका लागि आह्वान गरिएको प्रवक्ता नरेन्द्रबहादुर पालले बताए।
राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने एक नेताले बताए।
यती एयरलाइन्सको विमान दुर्घटनापछि आफैँले शोक घोषणा गरेको दिन, सोमबार प्रधानमन्त्री दाहाल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग ‘लन्च मिटिङ’ गरे। सत्ताको सकस मिलाउन पाँच घण्टा त्यहीँ बिताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति रवि छामिछानेलाई दिएको छ।
मन्त्रिपरिषद्मा भागबन्डाको विषय टुंगो लगाउन सत्तासाझेदार दलहरूको बैठक बालुवाटारमा बसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबन्डा आजै टुंगिने बताएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने कार्यक्रम भएपनि आकस्मिक बिदा परेकाले कार्यक्रम स्थगित भएको हो।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले सत्तागठबन्धनभित्र खेल्न खोजेको निर्क्योलमा पुगेको गठबन्धनको प्रमुख घटक एमाले त्यसबाट सशंकित मात्र छैन, नेताहरूका भनाइमा ‘सचेत’ पनि बनेको छ।
गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।
कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्क्याउने, ढाल्ने विषयमा मात्रै केन्द्रित भएको बताए।
घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए।
प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। उनको पक्षमा ५७ विपक्षमा ३३ मत परेको छ।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले शुक्रबार पार्टीमा समाहित भएका घनश्याम भुसाललाई सचिवालय सदस्य मनोनीत गर्ने निर्णय भएको बताए।
दुई नेताबीच प्रधानमन्त्रीलाई दिएको विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रीपरिषद् विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको छ।
प्रस्तावको पक्षमा ५९ मत परेको थियो। प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो। कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित थिए।
गण्डकी प्रदेशको सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ।
नेता घनश्याम भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्नेबाहेक एमालेका नेताले केही गर्न नसकेको बताएका छन्।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।