AnonymousUser

Logout

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने बताए।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।

माघ ९ सम्म काठमाडौँ नछाड्न सांसदलाई कांग्रेसको ह्विप

जतिबेला पनि सांसदहरूसँग छलफल गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कांग्रेसले काठमाडौँ नछाड्न ह्विप जारी गरेको छ। 

सरोजकुमार यादव मधेशको मुख्यमन्त्री नियुक्त

६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका जसपाका सराेज यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका छन्।

कर्णालीमा नयाँ सरकार गठन हुँदै, माओवादीका शर्मा मुख्यमन्त्री  

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सदस्य पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हुन्छ।

पृथ्वी जयन्तीमा बिदा : १६ वर्षअघि सिटौलाको पहलमा खारेज, प्रचण्डले फेरि ब्युँताए

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहलमा पुस २७ को सार्वजनिक बिदा २०६३ सालदेखि खारेज भएको थियो। २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः दिएको बिदा २०७५ बाट केपी ओलीले हटाएका थिए।

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति भण्डारी  

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको एकीकरण अभियानको आधारभूमिमा उभिएरै लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन्।

ओली–दाहाल दरारमा देउवाले देखेको 'मुकाम'

आफूलाई ‘धोका दिएका’ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षको स्थान छाड्नसमेत नहिचकिचाएको कांग्रेसको नजर कहाँसम्म छ, त्यसले नै अबको राजनीतिक परिदृश्य निर्क्योल गर्नेछ।

अपार विश्वासले सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने ऊर्जा मिल्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको बताएका छन्।

गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न विश्वासको मत दियौँ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।

सभामुखको निर्वाचन माघ ५ गते हुने

संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ। 

प्रधानमन्त्री दाहाललाई दुईतिहाइ मत, प्रतिनिधिसभाका २६८ सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दुईतिहाइ मत पाएका छन्।

नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँ आइपुग्यो

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै शुरू भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँ पुगेको छ।

चुनाव खर्च नउठ्ने भएपछि प्रमुख प्रतिपक्षी नै सरकारमा गए : चित्रबहादुर केसी

राजमोका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्नुले देश झनै संकटमा जाने संकेत मिलेको बताएका छन्।

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेमकिपा र राजमोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन्।

सरकार स्पष्ट योजनाका साथ आएको छ : रेखा शर्मा

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले अघि सारेको बताइन्।

संसद्‌मा ओलीलाई नेपालको जवाफ- ‘यो गिरिजाको समय होइन’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीले लहडको भरमा संसद् विघटन गर्न नसक्ने बताएका छन्।

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति ओलीको आशंका

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सदाशयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने बताए।

संविधानको रक्षा गर्ने सर्तमा प्रचण्डलाई विश्वासको मत दिँदैछौँ : देउवा (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा गर्नुपर्ने सर्तमा वर्तमान सरकारलाई विश्वासको मत दिन लागेको बताएका छन्।

राष्ट्र निर्मातालाई सम्मान गर्न हीनताबोध गर्नुपर्दैनः राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताएका छन्।