AnonymousUser

Logout

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि पुन:निर्वाचन हुँदै

बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुँदै छ।

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष ३ महिना जेल सजायको फैसला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।

कर्णालीमा नयाँ सरकार गठन, माओवादी र एमालेका एक–एक सांसद बने मन्त्री

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएसँगै आफ्नो नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

सभामुख/उपसभामुख निर्वाचनका विषयमा संसद्मा रहेका दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आसन्न सभामुख तथा उपसभामुखको निर्वाचनका लागि संसद्‌मा रहेका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

सांसद भन्छन् – राजनीतिक दलहरूले आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले कूटनीति जानेका व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध खराब बन्दै गएको बताएका छन्।

समाजवादीले पठायो भुसाललाई पत्र, शुक्रबार पत्रकार सम्मेलन गरेर पार्टी प्रवेश गर्दै

नेकपा एकीकृत समाजवादी पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा सहभागी भएर कम्युनिस्ट आन्दोलन पुनर्गठनको सारथि भइदिन आग्रह गरेको छ।

सत्तासाझेदार दलको बैठकअघि बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

सत्तासाझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भएको छ।

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीसहित दुई बिनाविभागीय मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीसहित दुई बिनाविभागीय मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री दाहाल र जर्मन राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले शपथ लिँदै

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरूले बिहीबार शपथ लिने भएका छन्।

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेकाले प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

सुदूरपश्चिममा सभामुखका लागि निर्वाचन हुँदै

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी छ। 

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

सरकारले विश्वासको मत पाएछि सत्तासाझेदार दलहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य शुरू गरेका छन्।

सत्ता गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै, दलहरू भागबन्डा टुंग्याउने कसरतमा 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएसँगै सत्तारूढ गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारतर्फ सोझिएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा एमालेका राजेन्द्रसिंह रावललाई नियुक्त गरेका छन्।

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।

अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताएका छन्।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका नेता लीला गिरीलाई नियुक्त गरेका छन्।

पृथ्वीजयन्ती : कहीँ उत्सव, कहीँ प्रदर्शन

३०१औँ पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। काठमाडौँमा भने पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले राजतन्त्र फर्काउने षडयन्त्र गरेको भन्दै प्रदर्शन भएको छ।

प्रधानमन्त्रीलाई नेपालको आग्रह: आफूलाई 'सुप्रिमो' ठान्ने प्रवृत्तिबाट सचेत रहनुहोस्

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक व्यवस्था भए पनि 'मैले ठीक गरेँ' भनेर ओलीले अझै अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए।