AnonymousUser

Logout

राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राप्रपाका चारै जना मन्त्रीहरूले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। 

एमालेका राष्ट्रपति उम्मेदवार सुवाश नेम्बाङको मनोनयन दर्ता

मनोनयन दर्ताका लागि नेम्बाङसहित अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संसद् भवन पुगेका थिए। 

राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन ८ दलको बैठक बस्दै

शनिबार दिउँसो एक बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

सचिवालय बैठकमा ओलीले भने– प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिको दबाब थेग्न सकेनन् 

ओलीले बैठकमा राष्ट्रपतिको निर्वाचन हुने मितिसम्म पनि आफू पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा प्रस्ट रहेको भन्दै माओवादीसहितका कम्युनिस्ट शक्तिले यसमा विचार गर्नुपर्ने बताएका थिए।

एमाले सरकारबाट नबाहिरिने, राष्ट्रपतिमा सहयोग गर्न कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्व सहमति कार्यान्वयनका लागि एमाले तयार नै रहेको बताए।

पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले भने– संविधानको रक्षा गर्ने जिम्मेवारीका लागि तयार छु

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पौडेलले आफूप्रति सबै दल र नागरिकको सद्भाव रहेको बताए। उनले आफू संविधानको रक्षकको भूमिकाका लागि तयार रहेको पनि प्रस्ट पारेका छन्।

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालयको बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

राप्रपाले सरकार छाड्यो, समर्थन पनि फिर्ता लिने निर्णय

शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समिति र संसदिय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

रामचन्द्र पाैडेल कांग्रेसबाट राष्ट्रपतिकाे उम्मेदवार

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

राष्ट्रपतिको उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक जारी, सरकार छाड्नेबारे छलफल 

बैठकले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिएको र आजै सरकार छाड्ने निर्णयसमेत गर्नसक्ने एक सचिवालय सदस्यले बताएका छन्। 

सरकारबारे निर्णय गर्न राप्रपाको आकस्मिक बैठक जारी

बैठकले सरकारमा बस्ने की नबस्ने निर्णय गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। 

राष्ट्रपतिका लागि मनोनयन दर्ता आज, दलहरू उम्मेदवार छान्दै 

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। 

६२ दिनमै किन भत्कियो एमाले–माओवादी गठबन्धन?

नयाँ घटनाक्रमले अप्रत्याशित झैँ देखाए पनि पुस १० मा बनेको एमाले र माओवादीसहितको गठबन्धनमा दुई साता नबित्दै खटपट आइसकेको थियो।

एमालेको टिप्पणी : देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भयो

नेकपा एमालेले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गरेको छ।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ८ दलको निर्णय

नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।

पुरानो गठबन्धन ब्युँताउन बसिरहेको चार दलको बैठकमा साना तीन दल थपिए

माओवादी केन्द्र, कांग्रेससहितको चार दलको छलफलमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि मिसिएका छन्।

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको 'रुलिङ'

संसद्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।

राष्ट्रपतिका लागि तानातान होइन राष्ट्रिय सहमति गर्नुपर्छ : जनार्दन शर्मा

सांसद जनार्दन शर्माले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रकाशशरण महत

सांसद महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नेमा अन्य दलहरू पनि सकारात्मक रहेको बताएका छन्।

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, भोलि मनोनयन दर्ता हुन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार एमालेका उम्मेदवारले राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने बताएका छन्।