AnonymousUser

Logout

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज बस्ने राष्ट्रियसभा बैठकले विषयगत समिति सदस्यहरूको मनोनयन गर्नेलगायत कार्यसूची छ।

एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरूको श्रेस्ता अनुसन्धान थालेको छ।

राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरूलाई एमालेको पत्र

एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरू र स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन्।

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना 

सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।

बागमती प्रदेश : राप्रपाका मन्त्रीहरूले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै राप्रपाका मन्त्रीहरूले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।

देउवालाई ‘गुन’ लगाउँदा पौडेललाई जुरेको सर्वोच्च अवसर

आपसी सम्बन्ध लामो भए पनि शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा कहिल्यै बाजी मार्न नसकेका रामचन्द्र पौडेल अन्ततः देउवालाई सहयोग गर्दा सर्वोच्च पद हासिल गर्ने संघारमा छन्।

आठ दलबीचको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप हो, प्राकृतिक कोर्समा फर्कियौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आठ दलबीच भएको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्।

शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने अजेन्डा बनाउनुपर्छ: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन अनुरोध गर्दै ओलीको नेपाललाई पत्र

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन अनुरोध गरेका छन्।

नयाँ सत्ता समीकरणको ढोका खुल्यो : प्रकाशशरण महत

कांग्रेस प्रवक्ता महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताएका छन्।

प्रकाश ज्वालाको दाबी : राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ

प्रमुख सचेतक ज्वालाले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने उल्लेख गरे।

राष्ट्रपति पदमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा

राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। सँगसँगै जस्तो राजनीतिक यात्रा शुरू गरेका दुवै नेताले सभामुखको जिम्मेवारी सम्हालिसकेका छन्।

रामचन्द्र पौडेल भन्छन् : ओली पुरानो साथी हुनुहुन्छ, सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ

वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।

आठ दलीय गठबन्धन नै छैन : एमाले अध्यक्ष ओली

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले एमालेका उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए।

राष्ट्रपतिका लागि रामचन्द्र पौडेलको मनोनयन दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन्।

सुवास नेम्बाङ भन्छन्– मेरो नाममा नै राष्ट्रिय सहमति हुनसक्छ

राष्ट्रपतिका लागि उम्मेदवारी दिँदै नेम्बाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास लिएको बताएका छन्।

राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

राप्रपाका चारै जना मन्त्रीहरूले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। 

एमालेका राष्ट्रपति उम्मेदवार सुवाश नेम्बाङको मनोनयन दर्ता

मनोनयन दर्ताका लागि नेम्बाङसहित अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संसद् भवन पुगेका थिए। 

राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन ८ दलको बैठक बस्दै

शनिबार दिउँसो एक बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

सचिवालय बैठकमा ओलीले भने– प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिको दबाब थेग्न सकेनन् 

ओलीले बैठकमा राष्ट्रपतिको निर्वाचन हुने मितिसम्म पनि आफू पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा प्रस्ट रहेको भन्दै माओवादीसहितका कम्युनिस्ट शक्तिले यसमा विचार गर्नुपर्ने बताएका थिए।