AnonymousUser

Logout

उपराष्ट्रपति निर्वाचनका लागि ४ जनाले गराए मनोनयन दर्ता

उपराष्ट्रपति निर्वाचनका लागि सत्तागठबन्धनमा आबद्ध दलहरूका तर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ।

उपराष्ट्रपतिमा प्रमीला यादव र ममता झाको पनि उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा पदका लागि जसपाबाट प्रमीला यादव र जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

जसपाका रामसहायले दिए उपराष्ट्रपतिमा उम्मेदवारी

गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले मनोनयन दर्ता गराएकी हुन्।

अग्नि सापकोटा भन्छन्– राजनीतिक उपलब्धिलाई उल्ट्याउने कोसिस नगरौँ 

संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै लगाउनुपर्ने सापकोटाको भनाइ छ।

गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन, ३ जनाले उम्मेदवारी दिने

गठबन्धन बैठकले साझा उम्मेदवार तय गर्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए। 

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपराष्ट्रपतिको निर्वाचन : आज मनोनयन दर्ता 

निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ।

उपराष्ट्रपतिका उम्मेदवारकाे योग्यतामा प्रमुख निर्वाचन आयुक्तको ‘हस्तक्षेप’

उपराष्ट्रपति उम्मेदवार महिला या अन्य (तेस्रो लिंगी)बाट हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइले विवाद निम्त्याएको छ। उनको भनाइ संविधानसँग मेल नखाने आठ दलीय गठबन्धनका नेताहरूको दाबी छ।

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ संविधानको व्यवस्थाविपरीत : पूर्णबहादुर खड्का

कांग्रेस उपसभापति खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकूल नरहेको बताएका छन्।

'प्रचण्डमाथिको मुद्दा जनयुद्धमाथिको आक्रमण हो'

चन्दले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताएका छन्।

प्रधानमन्त्री दाहालविरुद्धको रिटलाई सर्वोच्चले दियो अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ बुझाउन आदेश

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्नु पर्ने वा नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री दाहाललगायत विपक्षीलाई आदेश दिएको छ।

फाउल खेल्नेहरूले दुई तिहाइ पुगेको पार्टीलाई कमजोर बनाए : ओली

एमाले अध्यक्ष ओलीले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको बताएका छन्।

२४ वर्षअघिको त्यो हारजङ हत्याकाण्डः आलै छ युद्धको घाउ

हारजङ हत्याकाण्डमा संयोगले बाँचेका हस्ते रोका २४ वर्षदेखि मानसिक समस्यामा छन्। हिँडडुल गर्न लठ्ठीको सहारा लिनुपर्छ। उपचारका लागि जग्गा बिक्री गरेर पनि नपुग्दा ऋण लागेको परिवारका सदस्य बताउँछन्।

‘जनताको अधिकारमाथि खेलबाड गर्नुहुँदैन’

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएको बताएका छन्।

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

तत्काल कांग्रेस र एमाले सहकार्यको सम्भावना नरहेको र वर्तमान  गठबन्धन ५ वर्ष चल्ने उपसभापति खड्काको भनाइ छ।

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन पाउँदैनन् : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति निर्वाचनमा महिलाको उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आधिकृतलाई निर्देशन दिइएको बताएका छन्।

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय 

यसअघि सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपति पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको थियो।

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गर्ने कार्यक्रम छ।