नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजनीमा बुझाएका छन्। एमाले ६४ दिनमै सरकारबाट बाहिरिएको छ।
खानेपानीमन्त्री अब्दुल खानले खानीपानी संस्थाहरूमा राजनीति नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन्।
राष्ट्रियसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा पुगेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रचण्डलाई कहिल्यै सुध्रिन नसक्ने व्यक्ति भएको टिप्पणी गरेका छन्।
एमाले र राप्रपा बाहिरिएसँगै अब सरकारलाई समर्थन गर्ने सांसद संख्या ७६ मात्रै रहेको छ।
एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।
आफू छोटो समय सरकारमा देश बनाउन सकिने र बन्ने कुरा थाहा पाएको लिङदेनको भनाइ छ।
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक मध्यान्ह १२ः३१ बजेबाट तथा प्रतिनिधिसभाको बैठक १ बजेबाट शुरू हुने कार्यक्रम रहेको छ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय गर्ने एमालेले जनाएको छ।
बैठकले फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
एमाले अध्यक्ष ओलीले समय घर्केपछि मात्र राष्ट्रपति उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको, समय छँदासम्म भने पार्टीभित्र उनको नामबारे छलफल नै नगरेको नेताहरू बताउँछन्।
प्रधानमन्त्री दाहालले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागी परेको बताए।
उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोग लागेका पल शाहलाई सफाइ दिएको छ।
मन्त्री पौड्यालले आफ्नो भ्रमण रोकिएको विषयलाई विडम्बना भएको बताइन्।
एमाले अध्यक्ष ओली विदेशी शक्तिदेखि देशभित्रकै प्रतिक्रियावादीले आफू र आफ्नो पार्टीलाई खेदिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
एमाले अध्यक्ष ओलीले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु कुनै ठूलो विषय नभएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्धका शहीद'लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।