AnonymousUser

Logout

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीसहित तीन दलको सहमति, के गर्ला कांग्रेस?

माओवादीसहितका तीन दलबीच बिहीबार साँझ भएको माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमतिमा शुक्रबार कांग्रेसले दिने ‘राय’ राजनीतिक विकासक्रममा निर्णायक हुनेछ।

राष्ट्रपतिको उम्मेदवार तय गर्नबाट किन रोकियो कांग्रेस?

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारको मनोनयनको दिन, फागुन १३ गते बिहान मात्र आफ्नो पार्टीले राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्ने बताए।

बिनानिष्कर्ष टुंगियो तीन दलको बैठक, शुक्रबार कांग्रेससँग छलफल हुने

जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेससमेतको सहभागितामा बैठक बस्ने छ।

‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक’

जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन्।

एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेट*

देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ।

त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २ लाख दिने

सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज ‘क्लिन स्विप’ गर्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही २ लाख दिने भएको छ।

कांग्रेससहितको गठबन्धन ब्युँताउने विषय टुंगिएको छैन : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक दलहरूसँग छलफल जारी रहेका तर निष्कर्षमा पुग्न नसकिएको बताएका छन्।

पुरानै गठबन्धन ब्युँताउन भन्दै दलहरूको संयुक्त बैठक आह्वान

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार पहिले माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल हुँदैछ। त्यसपछि कांग्रेससँग कुराकानी गर्ने तयारी भइरहेको छ।

हिंसा दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउनु दुखद : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले फागुन १ गते मनाएको ‘जनयुद्ध दिवस’ हिंसा दिवस भएको बताएका छन्।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको एमालेले जनाएको छ।  

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्।

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न कांग्रेस कार्यसम्पादन समितिकाे बैठक बस्दै

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको थियो। 

कांग्रेस र माओवादीबीच चुनावअघिको गठबन्धन ब्युँताउने समझदारी

कांग्रेस र माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउने औपचारिक निर्णय भएको छैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउनेबारे औपचारिक निर्णय नभएको बताएका छन्।

राष्ट्रपति निर्वाचन ‘प्रभावित गर्ने’ दौडधुपमा छिमेकका दूतहरू

दक्षिणी छिमेक, ‘भारतको दूत’ बनेर आएका विदेश सचिवको मन्त्रणापछि राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे अन्योल बढिरहँदा उत्तरी छिमेक, चीनका राजदूत पनि सक्रिय बनेका छन्।

माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन माओवादी ‘सहमत’, कांग्रेसलाई मनाउने प्रयास

एमाले अध्यक्ष ओलीले केही दिनअघि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माधव नेपालको नाम प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेका थिए। बुधबार दाहाल पनि सहमत भएपछि एकीकृत समाजवादीले सक्रियता बढाएको छ।

लघुवित्तका समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्तमा देखिएका समस्या समाधानका लागि गम्भीर भएर लागेको बताएका छन्।

पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको एकीकृत समाजवादीको स्पष्टोक्ति

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीलाई राष्ट्रपतिका लागि प्रस्ताव नआएको बताएका छन्।

प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौँमा घरजग्गा किन्न नपाउने व्यवस्था गरौँ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले लघुवित्तका कारण कयौँ गरिब जनतामाथि उठ्न नसक्नेगरी थला परेको बताएका छन्।