कांग्रेस कार्य सम्पादन समिति बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्न पार्टीका संघीय संसद् र प्रदेशसभा सदस्यलाई निर्देशन दिने निर्णय गरेको छ।
उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार छन्। प्रमिलाकुमारीले भने आफ्नो समर्थन यादवलाई रहने घोषणा गरेकी छन्।
प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने भएको छ।
ठगी प्रकरणमा मुछिएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगलाई तर्साउने, धम्क्याउने काम भइरहेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मृत्युदण्ड कानूनको पक्षमा नरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न सरकारले कानून बनाएर अघि बढ्ने बताएका छन्।
लामो संघर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको अधिकारीको भनाइ छ।
निर्वाचन आयोगले उम्मेदवारको पक्ष तथा विपक्षमा लाग्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरेको छ।
अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४६औँ महासभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको संवैधानिक पदमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन्।
एक–दुई महिना पनि नटिक्ने गठबन्धनसिर्जित अन्योल र मन्त्रालयहरूमा हुने हानथापको आडमा धेरैजसो मन्त्रालय आफूमातहत राखेर चलाइरहेका प्रधानमन्त्री त्यसबाट सिर्जित समस्याप्रति पूरै उदासीन देखिन्छन्।
बारा-२ यादव बाहुल्य क्षेत्र हो। उपराष्ट्रपति उम्मेदवार रामसहायले गत निर्वाचनमा १३ हजार ८२२ मत पाएर जित्दा तेस्रो र चौँथो स्थान पाएका यादव समुदायका दुई स्वतन्त्र उम्मेदवारको मत २१ हजारभन्दा बढी थियो।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित छोरी निसाकुसुमको घरमा सरेकी छन्।
एमाले संसदीय दलको नेता केपी शर्मा ओलीले सोमबार उपनेतामा सुवास नेम्वाङलाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्चमा आफूविरुद्ध रिट दर्ता हुँदा तरंग पैदा भए पनि त्यसले माओवादी धारका दलहरूलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्।
सञ्चारमन्त्री रेखा शर्माले संसद्मा महिलाहरूले निभाएको भूमिकाको उचित मूल्यांकन हुन नसकेको गुनासो गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार बनाएसँगै प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।