सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखेका छन्।
आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एकजुट हुनुपर्ने धारणा राखेका थिए।
राप्रपाले राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गर्ने भएको छ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा पार्टी कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेर मत मागेका छन्।
एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लागि एमाले सबै राजनीतिक दलसँग सहकार्य गर्ने तयार रहेको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्।
निर्वाचन आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ।
राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले विकास र सुशासनको अभीष्ट पूरा गर्न सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
'द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न मिल्ने देखिँदैन'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धकै कारण मुलुकमा राजतन्त्र अन्त्य नभएको दाबी गरेका छन्।
कांग्रेस वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गरेर श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको बताएका छन्।
३३ दिन गृहमन्त्री हुँदा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाइरहने रवि लामिछाने पछिल्लो एक महिना चर्चाबाट टाढा छन्। उनले अधिकांश समय वसुन्धरास्थित रास्वपा पार्टी कार्यालयमा बिताउने गरेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्।
एमाले महासचिव शंकर पोखरेलले उग्रवामपन्थी अतिवाद र मानवताविरुद्धको अपराधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने स्थितिमा पुगेको बताएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन वर्ष अघिको एउटा भनाइलाई लिएर प्रधानमन्त्रीमाथि मुद्दा लाउन खोज्नु माओवादीलाई जिस्काउनु भएको टिप्पणी गरेका छन्।
माओवादीहरू विभिन्न धारमा विभाजित हुँदा पनि बलियो रहेको थाहा पाएर षडयन्त्र भइरहेको प्रधानमन्त्री दाहालको दाबी छ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले गरेको आदेशप्रति आपत्ति जनाएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारै विश्वासको लिँदै छन्।
संविधानको धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।