बैंकमा पैसा छ, तर ऋण लिनेको अभाव छ। सरकारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। मजदुरहरू रोजगारीका निमित्त भौँतारिरहेका छन्। निर्माण कार्य ठप्प छन्।
के सामाजिक विकास र व्यक्तिगत उन्नतिको सीमा हुन्छ? हुँदो रहेछ। हाम्रा हिउँबिनाका नांगा हिमालले यही कुरा भनिरहेका छन्। खडेरीका कारण आगलागी भइरहेका जंगलले यही भनिरहेका छन्।
यो या त्यो बहानामा अन्तरजातीय विवाहलाई किर्ते बालविवाह बनाएर दलित युवाहरूलाई फसाउँदै जाने हो भने समाजमा बालविवाह यथावत् रहनेछ र जातीय विभेद थप मौलाउँदै जानेछ।
अप्राप्य भविष्यकेन्द्रित परीक्षाभन्दा पनि जीवन बाँच्नका लागि आवश्यक सीप, ज्ञान र त्यसबाट सिर्जित खुशीप्राप्तिमा हालको शिक्षाप्रणालीलाई परिवर्तन गर्न अत्यावश्यक भइसकेको छ।
कुनै बेला हाल नेपाल राज्य रहेको भूमिमा निक्कै ठूलो सेन राज्य थियो। नेपालभन्दा दक्षिणका चोल राजाका भारदार रहेका श्रेणिकहरू नै पछि सेन भएका थिए। उनीहरू नेपाल आएर राज्य स्थापना गरी शासक भए।
लिंगको दैहिक परिचयभन्दा माथि उठेर प्रेम गरेका हुन्छन् समलिंगीले। यो अझै उच्चस्तरको प्रेम हो। झमेला त विषमलिंगी विवाहमा पनि हुन्छ।
असान्दर्भिक बहसको माध्यमबाट संघीय शासन पद्धति कमजोर बनाउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने प्रयास भइरहेको छ। यसलाई चिर्न संविधानको मूल मर्म र भावना अनुरूप संघीय प्रणालीलाई चलायमान बनाउन आवश्यक छ।
बजारको खुल्ला प्रतिस्पर्धामा कम स्रोत र सीमित दायराका उद्यमीहरू ठोकिन पुग्दा आफ्नै सामानको मनासिब मोल तोक्न नसकी नाफाजति स्थापित नाम/ब्रान्डलाई सुम्पन बाध्य हुन्छन्।
पूर्वप्रधानमन्त्रीहरूसँग ललिता निवासको जग्गा सरकारी हो, समरजंग कम्पनीको नाममा कसरी गयो भनेर कागजात खोज्ने अधिकार र जिम्मेवारी थियो। उहाँहरूले त्यति गरेको भए यो जग्गा अहिले व्यक्तिको नाममा जाँदैनथ्यो।
भ्रष्टाचारविरुद्ध अभियानको बाटो जब बालकोट, बूढानीलकण्ठको आँगनतिर या आफ्नै आँगनतिर समेत सोझिन्छ, त्यसपछि यसलाई रोकिन्छ या अर्कै ‘फण्डा’ उठाइन्छ।
पृथ्वीका 'एअर कुलर' भनी चिनिएका 'अन्टार्क्टिक', 'ग्रीनल्यान्ड' र हिमालयन क्षेत्रको हिउँ सन् २०४० पछि रहने सम्भावना देखिँदैन। वनजंगल विनाशले त तोकिएको सीमारेखा पार गरिसकेको छ।
सम्पत्तिमाथिको करमार्फत प्राप्त आम्दानीलाई उत्पादनशील-सार्वजनिक खर्चमा रूपान्तरण गर्न सकिन्छ। बुद्धिमानीपूर्वक खर्च गरे, त्यसले अर्थतन्त्रलाई बलियो बनाउन र बढ्दो असमानताको खाडल रोक्न मद्दत गर्छ।
अमेरिका र मणिपुरका त दुई प्रमुख प्रकरण भए। अन्यत्र पनि वैचारिक आधारमा दक्षिणपन्थको लहर चलेको छ। यो विश्वव्यापी 'फेनोमेना' बन्दै गएको छ।
प्राकृतिक आँठो वा पानी बग्ने कुलो पच्छ्याएपछि सडक आखिर नागबेली नबनेर के बन्छ? यस्तो बिनायोजनाको सडक अन्य कुनै देशमा बनेका होलान् या नहोलान्?
एकछिनका लागि सोच्नुस् त- सँधैभरी परिवार, साथीसंगी र कहिलेकाहीँ त आफ्नै समुदायबाटै तिरस्कृत तथा अलग हुनुपर्ने त्रास बोकेर बाँच्नु कति चुनौतीपूर्ण होला?
संविधानबमोजिम स्थानीय तहले गर्नुपर्ने काम धेरै छन्। तर, स्थानीय र प्रादेशिक स्तरमा कर्मचारी अभाव छ। संघअन्तर्गतका कतिपय कार्यालयमा कर्मचारी घाम तापेरसमेत बस्ने गरेका छन्।
विद्यार्थीको कमजोर नतिजाका कारक तत्त्व अनेकन् हुन सक्छन् र त्यसमा पारिवारिक अवस्था पनि एक हो। तर त्यसो हुँदैमा विद्यार्थीलाई सहयोग गर्नै सकिँदैन भन्ने सोच शिक्षकहरूले लिनु हुँदैन।
नेपोलियनले भनेका थिए रे, ‘पूर्वमा एउटा विशाल सिंह (चीन) सुतेर बसेको छ, त्यो ब्युँझेपछि संसार हल्लाउँछ।’ त्यो सिंह ब्युँझेर संसार हल्लाइसक्यो। तर, नेपालका जनजाति र दलितहरू अझैसम्म मस्त निद्रामा छन्।
समाजले किन कानून व्यवसायीलाई न्याय-सहजीकरणकर्ता नभएर मुद्दा मिलाउने बिचौलिया वा दलालका रूपमा चिन्न थालेको छ? किन चौतर्फी रूपमा कानून व्यवसायीको छविमाथि प्रश्न तेर्सिइरहेका छन्?
शासन सञ्चालनमा प्रभाव पार्ने हाम्रा नेताहरूका आफ्नै सोच छन् जो भूराजनीतिसँग बिरलै मेल खान्छ। त्यसकै क्षति नेपालले बेहोर्नु परेको छ।