नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
काठमाडौँ- नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भूभागमा मुख्यतया सफा लागेको छ।
लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
