संविधानसभाबाट संविधान जारी गर्ने दायित्व पूरा गरेपछि उहाँले संसद्को नेतृत्वबाट बिदा लिनुभयो। औपचारिक रूपमा सभामुख नभए पनि उहाँलाई धेरैले 'सभामुख भनेकै सुवास नेम्वाङ'का रूपमा सम्झन्छन्।
भारतमा वन क्षेत्र १७ प्रतिशत मात्र छ। त्यहाँको जनसंख्याका लागि जलवायु परिवर्तनसँग अनुकूलन र बढ्दो गर्मी न्यूनीकरण गर्न विद्यमान वनले धान्दैन। निजी जमिन किनेर भए पनि वन बढाउन विज्ञले सुझाएका छन्।
अहिले त कूटनीतिक अराजकता पनि देखिन थाल्यो। चुच्चे नक्साको चर्चित विवादमा वर्तमान र पूर्वपरराष्ट्रमन्त्री परस्पर विरोधी 'स्टेटमेन्ट' दिइराखेका छन्।
अत्यधिक जीवाश्म इन्धन प्रयोग गर्ने, जमिनलाई प्लास्टिकमय बनाउने, बढीभन्दा बढी नदीको पानीमा रसायन र विषादी पठाउने, जमिनलाई कंक्रिटमय बनाउने कृत्यमा पुँजीपतिहरूकै कहालीलाग्दो 'नाफा'को भोक जिम्मेवार छ।
हामी जति नै रोइकराइ गरौं, नेपालको ‘ब्रेन–ड्रेन’ रोकिनेवाला छैन। जुन दिन तपाईंहामी सबै मिलेर यो देशलाई भौतिक रूपमा नभए पनि अध्यात्मिक रूपमा समृद्ध पार्न सक्छौँ, त्यही दिन समाजको पुनर्जागरण शुरू हुनेछ।
खसी काटेर भाग लगाएको मासु बेच्दै हुनुहुन्थ्यो कुमार नगरकोटी। बोलाएँ। नगरकोटीले सुन्नु भएन। मासु लिने लाइनमा थिए लेखक सुविन भट्टराई, बुद्धिसागर, अमर न्यौपाने, घिमिरे युवराज।
गाँजाखेती वैध भएपछि असारदेखि जेठसम्म गाँजा उत्पादन, बेचबिखन, प्रवर्द्धन र नियमनमा ठूलो समूह लाग्ने छ। त्यसबेला देशमा ‘गाँजा गणतन्त्र’भन्दा गाँजामा आधारित कृषि अर्थतन्त्रकै विकास हुने निश्चित छ।
व्यवहारतः सुरक्षा वायुसेवाको 'लाइफ लाइन' भएको हुनाले मार्केटिङ वा बजारभन्दा सञ्चालन हाबी हुने उडान सुरक्षित हुन्छ। मानव सुरक्षाजस्तो महत्त्वपूर्ण अरू के हुनसक्छ?
राज्य र न्यायिक निकायकै भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सामाजिक सञ्जालले खुलमखुला 'मनोवैज्ञानिक विष' बाँड्न थाल्नु खतरनाक हो।
इलामले रोपाइँ जात्रासँग यति याम बिताइसक्यो कि यदि रोपाइँजात्रा इलामबाट हराउने हो भने यहाँको इतिहासका धेरै कथाहरू बिर्सने डर हुन्छ।
शरणार्थीदेखि सुन र ललितानिवास प्रकरणसम्मले उब्जाएको प्रश्न हो– भोलि माथिल्ला तहका राजनीतिज्ञहरू अपराधमा संलग्न देखिए त्यसको अनुसन्धानले सहज रूपमा आफ्नो बाटो तय गर्न सक्ला?
१८२५ सालमा पृथ्वीनारायण शाहले नोल्छे दरबारबाट राजकाज शुरू गरेपछिको आधुनिक नेपालमा 'जनै राजनीति'को हालीमुहाली देखिन्छ।
पर्याप्त तयारीबिना गाँजालाई पुन: वैधता दिँदा कतै देश होन्डुरस र ग्वाटेमालाको ‘बनाना रिपब्लिक’जस्तै ‘क्यानाविस रिपब्लिक’ वा ‘गाँजा गणतन्त्र’ बन्ने त होइन? यसबारे गहन विचारविमर्श गर्नु जरुरी छ।
स्पेनिसहरूको आक्रमण र युरोपियनहरूले भित्र्याएको रोगहरूको फैलावटबाटै अमेरिकाका एक करोडभन्दा बढी मूलवासीहरू मरे, मारिए। इतिहासको त्यो पाटोलाई शासक अमेरिकनहरू उजागर गर्दैनन्।
हरेक सरकारी अस्पतालमा सरकारले राम्रो उपचारका लागि डाक्टर र प्रविधिको व्यवस्था गरेको छ। तर, नागरिक त्यो सुविधाबाट वञ्चित छन्। एउटा सामान्य घाउको बिरामीसमेत अस्पतालबाट रिफर गरिन्छन्।
मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमध्ये धेरैको कारण टाउकोको गम्भीर चोट हो। त्यसो हुँदा मोटरसाइकल चलाउनले मात्र होइन, पछाडि बस्नेलाई अनिवार्य हेलमेट लगाउने व्यवस्था कार्यान्वयन गराउन आवश्यक छ।
अहिले चन्द्रयान अवतरण गरेको ठाउँको अक्षांश झन्डै ७० डिग्री दक्षिण हो। दक्षिणी ध्रुवबाट करिब ६०० किलोमिटर उत्तरमा अवस्थित यसलाई दक्षिणी ध्रुव भन्नु पोखरालाई नयाँ दिल्ली भन्नुजस्तै हो।
‘बुङमती–खोकना भएर फास्ट ट्र्याक अब जाँदैन, हामी जान दिँदैनौँ। बोर्ड बैठकले पारित गरेपछि सिंगो ललितपुर महानगरपालिकाको आधिकारिक धारणा यही हुनेछ।’
विविधता समस्या मात्र होइन, सम्भावना र समाधान पनि हो। त्यसैले सामाजिक-सांस्कृतिक विविधताको उन्नयन गरेर नै साझा मूल्य स्थापना गरी विकास र राष्ट्र निर्माणलाई संस्थागत गर्न सकिन्छ।
व्यापार घाटा प्रत्येक वर्ष बढ्दो छ। खाद्य सामग्रीकै निमित्त पनि देश आयातित वस्तुमा निर्भर हुँदै छ। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने समाचार प्रसारण हुनासाथ नेपाली बजारमा चामलको हाहाकार मच्चिन्छ।