हाम्रो भान्सामा अरू कोही आँखा देख्ने मान्छे भइदिएको भए सायद हामी यति आत्मनिर्भर हुने थिएनौँ होला। शुरूका दिन खाना नमिठो हुँदा हामीले एकअर्कालाई पोखेको रिस र अधकल्चा गाँसले नै यी सीप सिकाएका हुन्।
सन् १९६३ मा मध्य नेपालको भित्री मधेश र त्यसको तीन वर्षपछि बाँके जिल्लामा लगभग ८०० परिवारलाई बसोबास गराउने कुरामा नेपाल र इजरायली सरकारबीच सहयोगको सहमति भएको थियो।
धन र सम्पत्तिको सन्दर्भमा पनि ओशो स्पष्ट छन्। धेरै मानिस जति धेरै धन जम्मा गर्छन्, त्यति नै शान्ति पाउने भ्रममा हुन्छन्। तर अत्यधिक पकडले तनाव, डर र असन्तोष ल्याउँछ।
एक अध्ययनअनुसार, विद्यालयको समयपछि पनि पाठ तयारी, गृहकार्य मूल्यांकन र प्रशासनिक काममा हप्तामा करिब ६–१० घण्टा व्यक्तिगत समय खर्च गर्छन् शिक्षकले।
हाम्रो सामूहिक कल्पनामा नै उत्पादन बढाउने, बिस्तार गर्ने, रोजगारी सिर्जना गर्नेभन्दा पनि सियोमा आत्मनिर्भरताजस्ता लघु सपनाहरूले बास गरेका थिए।
भृकुटीमण्डपले ओलीलाई एमालेको अध्यक्षमा फेरि ल्याएन भने त्यो अनर्थ हुनेछ, ल्यायो नै भने पनि ओली अब ‘घिस्रने बाघ’मा सीमित हुनेछन्। आउँदो निर्वाचनमा अझ यिनको ‘दक्षरूप’ सतहमा प्रकट हुनेछ।
'फेस्टिबल अफ हिमालय' को नारा दिएर शुरू भएको नेपाल प्रिमियर लिग नेपाली क्रिकेट इतिहासमा एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने क्रममै छ।
पुँजीवादी आर्थिक प्रणाली अवलम्बनबाट विश्वका देशहरूले जे जति आर्थिक प्रगति र विकास गरिरहेका छन्, त्यसले उत्तिकै रूपमा असमानताको पहाड बनाइरहेको विश्वव्यापी अध्ययनहरूले देखाइरहेको छ।
फागुन २१ गते निर्वाचन नभए वर्तमान सरकारको वैधता नै समाप्त हुने र देशमा गम्भीर संवैधानिक संकट पैदा हुने हेक्का कार्की सरकारले राख्नैपर्छ।
कांग्रेस र कम्युनिस्ट पार्टीको ट्रेडमार्क बचेको छ, राजनीतिक सिद्धान्तको हुर्मत लिइएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा कुनै पनि खालका बहसहरू नहुनु नै त्यसको संकेत हो।
विभिन्न पुस्तासँग अर्थपूर्ण संवाद गर्न रचनात्मक, समयको चाल बुझ्न सक्ने र कांग्रेसको अर्थ राजनीतिक अवधारणामार्फत तिनका समाधान खोज्न सक्ने, तदनुरूप चाहिने टिम निर्माण गर्न सक्ने नेतृत्व चाहिएको छ।
कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।
भावना र स्मृतिका कारण सबैलाई गाउँ प्यारो लागे पनि सुविधा र सहजताका कारण अधिकांशले शहर रोजेको देखिन्छ। रहर र लहर हेर्दा यो कसैले थाम्न सक्ने देखिँदैन।
२००७-२०१७ सालको कठिन परिस्थितिमा त्यति बेलाका कार्यकर्ता र शुभेच्छुकहरूको बीपीमाथि टिकेजस्तै भरोसा अहिलेका कांग्रेसजनको गगन थापामाथि अडिएको छ।
प्राविधिक रूपमा भन्ने हो भने भदौ २२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशन भव्य थियो। सायद, आन्तरिक शक्ति सन्तुलनले सर्वसम्मत निर्णय भएका थिए। त्यसको भोलिपल्ट के भयो? सबैका सामु छर्लंग छ।
हिन्दू धर्मलाई स्वामी विवेकानन्दले 'भान्साको धर्म' भन्दै आलोचना गरेका थिए। घरभित्रै हिन्दू धर्मका पवित्रता र अपवित्रतासम्बन्धी अवधारणा/सोचले भौतिक स्वरूप लिने कुरा सत्य हो।
जेन–जी विद्रोहले नेपालीको राजनीतिक चेतनालाई झकझक्याउने काम त गरेको छ, तर अहिलेसम्मका संकेतले के देखाउँछन् भने दलहरूले जेन–जी विद्रोहको सन्देश सुने पनि बुझ्ने प्रयास गरेका छैनन्।
जापानका राजपरिवारमा कुनै समय निश्चित चार-परिवारभित्र मात्रै बिहेबारी गर्ने चलन थियो। झन्डै आठ सय वर्षसम्म चलेको यो चलनले राजपरिवारका सदस्यको सरदर उचाइ अरू जापानीको भन्दा कम भयो।
अनुसन्धान शुरू हुनु अगाडि सबै अनुसन्धानकर्तालाई आचारसंहितामा हस्ताक्षर गर्न लगाउनुपर्छ। सकिन्छ भने नेपालका सबै विश्वविद्यालय मिलेर अनुसन्धानसम्बन्धी घोषणापत्र सार्वजनिक गर्नुपर्छ।
शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा राष्ट्रियकरण गर्नुपर्छ भन्नेहरूलाई सोधौँ– त्यसो गरेर हाम्रा उपलब्धिहरू गुमाउने हो? विद्यार्थीका बाबुआमालाई, बिरामी र बिरामीका आफन्तलाई फेरि विदेशै लानुपर्ने हो?