रोल्पामा भएको जीप दुर्घटनामा दाङका तीन जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिकामा भएको जीप दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको छ।

दाङ– रोल्पामा बिहीबार भएको जीप दुर्घटनामा परी दाङका तीन जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका-२ घर्तीगाउँ ब्याङखोलामा भारतीय नम्बर प्लेटको एमएच १४ टिसिजे ४७१ नम्बरको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूमा घोराही उपमहानगरपालिका-७ बेसाहीका २५ वर्षीय जीप चालक वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका-७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका-१४ बस्ने अन्दाजी ४० वर्षका जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा निर्माण सामग्री बोकेको उक्त जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।