AnonymousUser

Logout

भ्रष्टाचारको उपज सन्निकट विद्रोह

आन्दोलनबाट प्राप्त उपलब्धिको लाभ प्रभुत्वशाली वर्गले मात्रै लिँदै आएको छ। यसले परिवर्तनको अपेक्षामाथि तुसारापात मात्रै गरेको छैन, सिंगो उत्पीडित समुदायको सपनामाथि नै बज्रपात गरिरहेको छ।

माफी मिनाहा: बदल्नुपर्छ संवैधानिक प्रावधान

माफीको प्रयोगलाई सत्ता समीकरण मिलाउन प्रयोग गर्दै जाने हो भने यसले न्यायप्राप्तिको लडाइँ तथा न्यायको प्रत्याभूति गर्ने संवैधानिक व्यवस्थासमेत निस्तेज पार्न सक्छ। 

लोकप्रिय बन्ने होडका खतरा

गगनजस्ता नेताहरूले केही समयको लोकप्रियताभन्दा आफ्नो काम र बोलीले समाजमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै विविधता, लोकतन्त्र र अधिकारको संरक्षणमा लाग्नुपर्ने देखिन्छ।

राष्ट्रवादी हुने कि देशभक्त?

नयाँ पुस्ताले पुरानो राष्ट्रवादको अवधारणाभन्दा देशप्रेमको अवधारणा बोक्नुपर्छ। पहाडी–शाहवंशीय–हिन्दू–ब्राम्हण–क्षेत्रीभित्रको पनि धनी वर्ग मात्रै अट्ने राष्ट्रवादले हाम्रो हित गर्दैन।

पितृसत्ताका अनेक ताण्डव

पुरुष घरको बुर्जुवा हो भने पत्नी सर्वहारा हुन्। एङ्गेल्सका अनुसार पशुपालन र खेतीपातीको शुरूआत भएको समय (बर्बर युग) मा नै 'पितृसत्ता'को समेत उदय भएको हो।

आलोचना गर्न डराउँदै नेपाली समाज

असन्तुष्टिहरू भुसको आगोजस्तै सल्किरहेका छन्, तर व्यक्त हुन सकेका छैनन्। स्वस्थ आलोचना गर्न सबै डराइरहेका छन्। त्यसैले आज लोकतन्त्रमाथिको सबैभन्दा ठूलो चुनौती 'मौनता' हो।

इन्द्रध्वजको चस्मा, चन्द्रध्वजको टिसर्ट

युवती रहिछन् स्थानीयवासी, प्रधानपञ्चकी भतिजी। ‘भर्खरै हजुरआमाको निधन भएकाले उनको मुहार अझ केही मलिन भएको हो’ भन्ने सुन्दा त्यहाँ उपस्थित पर्यटक दोस्रो पटक आश्चर्यचकित भए।

किन ओझेलमा पारिइन् पृथ्वीनारायण शाहकी नेवार रानी?

भक्तपुरका राजा रणजीत मल्लले मितछोरा पृथ्वीनारायण शाह आफ्नो दरबारमा पाहुना भएर बसेको समय उनको सेवाका लागि नेवार जातिकी कन्या ‘उपहार’ दिएका थिए। ती कन्या नै उनकी नेवार रानी हुन्।

जनप्रतिनिधिका दशानन अवतार, बोक्रा ज्यादा गुदी कम

संसद्मा पछिल्लो समय भएका गतिविधि नियालौँ।‌ हाम्रो सदन नीति नियममाथि छलफल गर्ने, सार्वजनिक महत्त्वका विषय उठान गर्ने थलोभन्दा माध्यमिक तहको वादविवाद प्रतियोगिता चलाउने फोरम प्रतीत हुन्छन्। 

बजेट : सुधारको छनक, दिगो गृहकार्य बाँकी

हामी हिमालयको संरक्षकका रूपमा पनि छौँ। जलवायु परिवर्तनले नेपालको भूगोल मात्र नभएर सिंगो दक्षिण एशियालाई नै असर गर्दै छ, त्यसमा हामीले अलिकति नेतृत्वदायी भूमिका खेल्न सक्छौँ।

नागरिक रुवाएर बाँच्छ राष्ट्रवाद?

सुस्ता नेपालको हो। तर त्यहाँका धेरै बासिन्दाहरूसँग नागरिकता छैन। उनीहरू सधैँ नागरिकताविहीन भएर नेपालको जमिनको रक्षा गरिरहने? नागरिकलाई रुवाएर कहिलेसम्म हाम्रो राष्ट्रवाद बाच्न सक्छ?

आर्थिक चुनौती टार्न गम्भीर वित्तीय उत्तरदायित्व 

पुँजीगत खर्च कम छ। यो चिन्ताको विषय हो, किनभने हामीलाई हाम्रा विकासका आकांक्षाहरू पूरा गर्न थप गुणस्तरीय सडक, अस्पताललगायत सार्वजनिक संरचना आवश्यक छ।

हवाई टिकटमा १३ प्रतिशत भ्याटः किन लगाइयो, यात्रा कति महँगिन्छ? 

खर्बौंको कारोबार गर्ने विदेशी एयरलाइन्सहरूबाट नेपाल सरकारलाई अहिलेसम्म एक रुपैयाँ पनि कर आउँदैन। यो लगायतका सबै वास्तविकताको अध्ययन गर्दा हवाई सेवामा भ्याट लगाउनु ठीक हुन्छ भन्ने ठान्यौँ।

जलवायु परिवर्तन: छैटौँ वृहत् जैविक विनाशको भय

२०० वर्षअघि औद्योगीकरण युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु  र तीनका वासस्थानसमेत लोप हुन गएको देखिन्छ। 

'भ्रष्टाचार गर्नकै लागि ठूला–ठूला आयोजना बनाइँदा रहेछन्'

हामी आइसकेपछि वायुसेवा निगममा चार अर्ब नाफा भयो। हामीले ऋण तिर्‍यौँ र जहाज किन्ने अवस्था आयो। 'ई-टिकेटिङ' शुरू गर्‍यौँ। १५/२० दिनमा ५०/६० लाखको मात्र टिकट बिक्ने ठाउँमा करोडौँको टिकट बिक्न थाल्यो।

दलन : सामान्य सुधार र झिनो आरक्षणले मात्र हुँदैन

छिमेकमा चलेको धार्मिक राजनीतिको हावाको प्रभावले होला, समाजले विद्यमान जातीय खाडलको दूरीलाई अझ मलजल गर्ने र फैलाउने दुस्साहस गर्दै छ। 

ब्रेक–थ्रु चिन्तन : प्रचण्ड प्रतापी रुद्राक्ष–डिप्लोमेसी

प्रधानमन्त्री पुष्पकमल दाहालको अस्तित्वभित्र बाँकी रहेको ‘क्रान्तिकारी रोमाञ्चकता’को कुनै छुटेको अंश, कुनै सानो अवशेष, कुनै माइक्रोस्कोपिक इन्चको १०८ रुद्राक्षसँगै अन्ततः विसर्जन भएको छ। 

हामीले पनि गर्ने कि नोटबन्दी!

भारतमा गरिएको नोटबन्दीलाई गत जनवरीमा त्यहाँको सर्वोच्च अदालतले वैध ठहर गर्‍यो, तर सो निर्णयले धेरै घाटा भयो कि फाइदा भन्ने सवालमा अनेकन् तर्कहरू देखिएका छन्।

बजारलाई छाडिदिनुपर्छ स्टक एक्स्चेन्ज

आजसम्म बिनाप्रतिस्पर्धा स्टक एक्स्चेन्ज जसोतसो तानिएर आएको छ। पुँजीबजार यति नाजुक र पिछडिएको अवस्थामा रहनुमा स्टक एक्स्चेन्जमा भएका उदासीन र अकर्मण्य गतिविधि जिम्मेवार छन्।

'देश र राज्य कमजोर हुँदै जाँदा स्थानीय र क्षेत्रीय तहमा मान्छेले पहिचान खोज्न थाले'

पहिचान धनीलाई पनि चाहिन्छ, गरिबलाई पनि चाहिन्छ। पहिचानका लागि मान्छेहरू बेचैन हुन्छन् र ती पृथकतावादी आन्दोलनसम्म पुग्न सक्छन्।