प्राकृतिक आँठो वा पानी बग्ने कुलो पच्छ्याएपछि सडक आखिर नागबेली नबनेर के बन्छ? यस्तो बिनायोजनाको सडक अन्य कुनै देशमा बनेका होलान् या नहोलान्?
आश्चर्य त तब भयो जब जलहरी राख्ने क्रममा सुनमा मिसावट गरेर भ्रष्टाचार भएको हुनसक्ने भनेर हालसालै जलहरी निकालेर पुनः तौलिने क्रममा त्यसउपर कुँदिएको दर्जन बढी नामहरूबारे विवरण अगाडि आयो।
'व्यावसायिक प्रयोजनका लागि २०३१ सालमा नगर योजनाले डिस्पोजल कटेज बनाउन अनुमति दिएको छ। तर उनीहरूलाई त फाइभ स्टार, थ्री स्टार होटल बनाउनु छ। डाँडा फोर्नु छ। त्यसैले फेवाताल पुरिँदै गएको छ।'
नेपालमा बुद्धकालीन धानदेखि विश्वकै अग्लो स्थानमा फल्ने धानलगायत २०० बढी प्रजाति छन्। दैनिक खाने भातबारे राजनीतिज्ञहरू जति संवेदनशील हुनुपर्ने हो, उति संवेदनशील देखिएका छैनन्।
एकछिनका लागि सोच्नुस् त- सँधैभरी परिवार, साथीसंगी र कहिलेकाहीँ त आफ्नै समुदायबाटै तिरस्कृत तथा अलग हुनुपर्ने त्रास बोकेर बाँच्नु कति चुनौतीपूर्ण होला?
संविधानबमोजिम स्थानीय तहले गर्नुपर्ने काम धेरै छन्। तर, स्थानीय र प्रादेशिक स्तरमा कर्मचारी अभाव छ। संघअन्तर्गतका कतिपय कार्यालयमा कर्मचारी घाम तापेरसमेत बस्ने गरेका छन्।
कक्षामा पस्नेबित्तिकै शिक्षकले ‘ल किताब खोलौँ’ भनेर पढाइ शुरू गर्नुअघि, ‘आजको दिन कस्तो भयो? कस्तो महसुस भइरहेको छ?’ जस्ता सामान्य विषयका कुराकानीबाट कक्षा शुरू गर्नु राम्रो हुन्छ।
विद्यार्थीको कमजोर नतिजाका कारक तत्त्व अनेकन् हुन सक्छन् र त्यसमा पारिवारिक अवस्था पनि एक हो। तर त्यसो हुँदैमा विद्यार्थीलाई सहयोग गर्नै सकिँदैन भन्ने सोच शिक्षकहरूले लिनु हुँदैन।
विगत दुई दशकयता नेपाल सही 'ट्र्याक'मा छ र धेरै सकारात्मक परिवर्तनहरू भएका छन्। संघीय प्रणालीले तत्कालै नभए पनि समयक्रममा नेपालको हितमा काम गर्छ भन्नेमा म विश्वस्त छु।
हुन त, प्रधानमन्त्रीले नै कानूनी प्रक्रियाको मजाक बनाइरहेको बेला, वर्तमान इतिहासकै सबैभन्दा 'लोकप्रिय' मेयरले देखासिकी गर्दा के टाउको दुखाइरहनु?
नेपोलियनले भनेका थिए रे, ‘पूर्वमा एउटा विशाल सिंह (चीन) सुतेर बसेको छ, त्यो ब्युँझेपछि संसार हल्लाउँछ।’ त्यो सिंह ब्युँझेर संसार हल्लाइसक्यो। तर, नेपालका जनजाति र दलितहरू अझैसम्म मस्त निद्रामा छन्।
समाजले किन कानून व्यवसायीलाई न्याय-सहजीकरणकर्ता नभएर मुद्दा मिलाउने बिचौलिया वा दलालका रूपमा चिन्न थालेको छ? किन चौतर्फी रूपमा कानून व्यवसायीको छविमाथि प्रश्न तेर्सिइरहेका छन्?
“आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एनसेलले कर तिर्नुपर्दैन भनेर ढुक्कै थिए। सर्वसाधारणको दबाबसँगै कर प्रशासनमै कतिपयले लाग्छ भन्ने व्याख्या गरेपछि एनसेलविरुद्ध कर निर्धारण गर्न बाध्य भए।”
शासन सञ्चालनमा प्रभाव पार्ने हाम्रा नेताहरूका आफ्नै सोच छन् जो भूराजनीतिसँग बिरलै मेल खान्छ। त्यसकै क्षति नेपालले बेहोर्नु परेको छ।
ब्याजदर बढी पाइने लोभमा जोसुकैले सहकारीमा पैसा बचत गर्न थाले। सदस्य स्वयं सहकारीको अभ्यास के हो भन्नेबारे जानकार भएनन्। सहकारीको पैसाले भोजभतेर गर्ने, विदेश घुम्ने, जग्गा किन्ने अभ्यास चल्यो।
मिथकीय पात्र सीतामाथि 'नागरिक'को दाबी भइरहँदा र सो दाबी पेश गर्नेलाई राष्ट्रियता र राष्ट्रभक्तिसँग जोडिरहँदा नीरज कामतहरू 'नागरिक' बन्नकै लागि जीवन र मृत्युको अत्यासलाग्दो लडाइँ लडिरहेका छन्।
विचारको महत्ता स्थापित गर्न खोज्दै गर्दा खप्तड बारम्बार एउटै कुरा दोहोर्याइरहन्छन्। यस्तो लाग्छ, करिब १०० पृष्ठको यस पुस्तकको सार खिच्ने हो भने पाँच पृष्ठमा सम्भव छ।
वर्षा र मोबाइलले ल्याएको खुशीमाझ आज तपाईंहरूका लागि हप्ताभरि नै सर्वाधिक चर्चा गरिएका खबर संक्षेपमा ल्याएको छु– तीमध्ये एक मन प्रफुल्लित गराउने सुसमाचार र एउटा मूड अफ गराउने कुसमाचार छन्।
विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिट्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। सबै प्राध्यापकहरूले पार्टीको झण्डामुनि खुलेका संघसंगठन बन्द गर्छौं भन्ने घोषणा गर्न ढिलो भएन र?
विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिठ्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। सबै प्राध्यापकहरूले पार्टीको झण्डामुनि खुलेका संघसंगठन बन्द गर्छौं भन्ने घोषणा गर्न ढिलो भएन र?