बाघको संख्या वृद्धि गर्ने बेला बिनायोजना भकाभक वृद्धि गर्ने, तर अहिले आएर नियन्त्रणका नाममा खोरमा राख्ने तर्क आफैँमा अनैतिक छ। पर्यटक तान्ने र पैसा कमाउने उद्देश्यले यसो गर्नु बाघको शोषण हो।
सिंहदरबार सजिलै छिर्न सक्ने, देशका ‘ठूला दरबार’मा सहजै पहुँच पाउने र नेताहरूसँग सजिलै भेटघाट गर्न सक्ने एउटा ‘सर्कल’ले हाम्रा नेताहरूलाई गलत ढंगले प्रभाव पारिरहेको छ।
सुन तस्करी, सुनको माग र आपूर्तिसँग जोडिन्छ। यसको नियन्त्रण सरकारको प्राथमिकतादेखि अख्तियारीप्राप्त निकायको क्षमता र त्यहाँको ‘राजनीति’मा समेत निर्भर हुन्छ। हामीकहाँ योविघ्न सुन तस्करी किन भइरहेको छ?
सरकारले संशोधित ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न सक्यो भने मधेशमा मिटरब्याज उन्मुलन नै हुन्छ। त्यसैले त मिटरब्याजी यतिखेर त्रस्त छन्। भर्खरै महोत्तरीमा ३०–३५ जना साहुकार आफ्ना ऋणीसँग गएर मिलेछन्।
कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
ग्रासरूटमा क्रिकेट विकासका लागि लाग्नुपर्ने जिल्ला क्रिकेट संघले हो। तर, पैसा आएका बेला खेलाडी बटुलेर खेलाउने बाहेक केही काम भएको छैन। ग्रासरूटमा क्रिकेट विकासको अवस्था अत्यन्त दयनीय छ।
दक्षिण एशियाको मनसुन हिजोआज कि त भीषण वर्षाका रूपमा देखिन्छ कि त लामो सुख्खाजन्य अवस्थामा देखिन्छ।अनि मुसलधारे बर्सात र हुरी बताससहितको पानीले बबन्डर मच्चाउँछ।
पहेँला लुगा लगाएर भावुक र नाटकीय प्रवचन दिँदा केही मान्छे एकैछिन भावुक बन्लान्। तर तीन हजार वर्षदेखि जात व्यवस्थाद्वारा दीक्षित समाजले विभेदको महामारीबाट मुक्ति पाउनेवाला छैन।
मणिपुरका महिलाहरूको एउटा 'अपराध' यो पनि हो कि उनीहरू आफ्नो नागरिकताबारे सचेत छन्, उनीहरू वर्षौंसम्म धर्नामा बस्छन्, आवश्यक पर्दा सेनाविरुद्ध समेत प्रदर्शन गर्छन्।
तत्कालीन अधिराजकुमार १५ लाख रूपैयाँ ‘पारिश्रमिक’का लागि एक क्विन्टल सुनको भरिया भएका थिए। गत साता भरिया नै पक्राउ परे। नेपाली जति प्रभावशाली भए पनि ‘भरिया मात्रै त होइनन्?’ भन्ने प्रश्न उब्जिएको छ।
पुष्पकमल दाहाल, माधव नेपाल र चन्दजीहरूले जवाफ दिनु पर्ने बेला आयो-भन्नुस् कमरेड, समाजवादको नाक कत्रो हुन्छ, हुनुपर्छ?
यसले अन्ततः 'सामाजिक डार्विनवाद'कै समर्थन गर्छ, जसले शक्तिमा रहेकालाई मात्र स्रोतसाधनको उपभोग गर्ने अधिकार रहेको वकालत गर्छ। किनारामा पुर्याइएका सीमान्त समुदायको हक छिनालिनुलाई जायज ठहर्याउँछ।
यी बाह्र-सत्ताइस चिन्ताको भारी बिसाउँदै कुरोग्राफर दुनियाँको यो कुनामा पर्ने सिनामंगलदेखि बालुवाटारको रेकी गर्न हिँड्यो। तपाईंहरू आफ्नै हिसाबले आफ्नो वा साथीभाइको ब्रेक-शु खोतल्दै गर्नुहोला।
पछिल्लो अप्रेसन हामीले १० दिन पहिला नै शुरू गरेका थियौँ। यो अप्रेसन कुन मोडलमा र कसरी गर्ने भनेर हामीले विभिन्न समयमा चरण–चरणमा छलफल गरेका थियौँ।
सरकारी निकायकै जिम्मेवार अधिकारीलेसमेत 'केटीहरू आफ्नै रहरले आएका त हुन नि यहाँ नाच्न' भन्ने अभिव्यक्ति दिने गरेका छन्। यस्ता परम्परागत 'मिथ'हरूलाई समेत चिर्न आवश्यक छ।
बालेनको लोकप्रियताले रकेटको गति लिइरहँदा उपचुनावताका देखिएको रविको लोकप्रियता थिग्रिँदै गएको सुनिन्छ। कथित सामाजिक सञ्जालले लिफ्टमा माथि उकाल्छ, झार्दा लिफ्ट/भर्याङ देख्दैन, खुर्मुर्याइदिन्छ।
अधिक मास मानव पात्रो र मौसमी पात्रोबीचको समायोजन मात्र हो। अरू कुनै दैवी रहस्य यसमा जोडिएको छैन। यस याममा यसो गर्नुहुन्छ, उसो गर्नुहुन्न भन्नुमा कुनै तुक छैन।
काठमाडौँ महानगरको प्लास्टिक झोला निषेध योजना प्रभावकारी कार्यान्वयन भए लगभग ४० करोड र उपत्यकाभर लागू गरे एक अर्ब ३५ करोड प्लास्टिक झोला वातावरणमा जानबाट जोगाउन सकिन्छ।
‘हाम्रै छेउमा शीतयुद्ध–२ शुरू भएको छ। हाम्रो राजनीति र यसका प्रमुख पात्रहरू भने शीतयुद्धका पक्षराष्ट्रहरूसँगै विभाजित छन् जसले नेपालको भूगोल र इतिहासमाथि जोखिम बढेर गएको छ।’
विचार र सेवामा रोज्नुपर्दा हामी पहिला सेवा नै रोज्छौँ। तर त्यो सेवा चाहिँ हाम्रो स्वच्छ विचारधाराले नै 'ड्राइभ' गर्नेछ। विचार र सेवाबीचको सामञ्जस्य हुनु आवश्यक छ।