जलवायु परिवर्तनका असरहरू एकीकृत छन्। कतै बाढी आएको छ, कतै पानीको कमी छ, कतै डढेलो लागिरहेको छ। यसको निरूपण पनि एकीकृत र व्यापक रूपमा हुनुपर्छ।
'बाल संगठनलाई दीर्घकालीन नोक्सान पुग्ने गरी पटकपटक लिज सम्झौता गरिएको छ। यो सम्झौता गैरकानूनी पुष्टि हुँदा पनि खारेज गर्न नसक्नु बाल संगठनसँगै सरकारको पनि लापरबाही हो। मिलोमतोको आशंका छ।'
हाम्रो समाजमा पहिलेदेखि नै चिनजान, भनसुन र नातावाद गहिरो गरी हाबी छ, जसका कारण विदेशबाट फर्केर स्वदेशमा केही गरौँ भन्नेहरू समेत निराश भई पुनः विदेश नै फर्कने गरेका छन्।
मानव जातिले आर्टिफिसियल इन्टेलिजेन्स र 'बायो इन्जिनियरिङ'को क्षेत्रमा अविश्वसनीय विकास गर्दै गर्दा हामी मणिपुरको साक्षी बस्न अभिशप्त छौँ।
संरचनागत लाभ पाएका समुदायले यो सामाजिक रोग हटाउन सबैभन्दा बढी भूमिका खेल्नुपर्छ। बेल् हुक्सले भनेका छन्– सबै जातीय हमलाहरूप्रति मौनता साँध्नु अपराधप्रति हाम्रो समर्थनजत्तिकै गम्भीर विषय हो।
'कोही व्यक्ति जहाँ सुलभ सुविधा छ, त्यहीँ बसाइँ सर्छ। व्यवस्था ठीक नभएको ठाउँबाट एउटा मान्छे अन्त जान्छ भने यस विषयमा संघर्ष गर्ने एक व्यक्ति घट्छ र त्यो ठाउँको गुणस्तर अझै खस्किने अवस्था हुन्छ।'
'पार्टी अध्यक्ष राजनीतिक मुद्दामा कतिपटक जेल गइसक्नु भएको छ। उहाँ यस्ता कुराले डराउने होइन। तर जसपा र पार्टी नेतृत्वलाई समाप्त पार्न जुन षडयन्त्र चलिरहेको छ, पार्टी र अध्यक्ष त चिन्तामा हुन्छन् नि।'
लेखक अरुन्धती रोयले केही दिनअघि भनिन्, 'हामी यथार्थबारे कुरा नबुझ्ने भएका छौँ। प्रहरीले समेत महिलालाई समातेर बलात्कार गर्नका लागि भिडलाई बुझाएको छ।'
अब हामीलाई अलमलिने छुट छैन। आफ्नो प्राथमिकतामा स्पष्ट बनौँ। नीति निर्माण कि विकास भन्ने प्रश्नमा अलमलिने होइन, नीति निर्माण नै विकास हो भन्ने कुरा नागरिकलाई बुझाऔँ।
पछिल्ला केही दशकयता पर्याप्त प्रशिक्षण र अध्ययनले गर्दा नेपाली वनस्पति विज्ञहरू पनि विदेशी विज्ञसरह वनस्पतिहरूको सही पहिचान, संकलन र तिनकाबारे पूर्ण वैज्ञानिक विवरण लेख्न सक्ने भएका छन्।
सुरुङमार्गले यात्रा दक्षतामा वृद्धि र यात्रा समय बचत गर्छ, तर खुला सडकको तुलनामा दुर्घटनाका जोखिम थपिएका हुन्छन्। सुरुङमा दुर्घटनाको दर कम देखिए पनि, दुर्घटनाको परिणाम भने गम्भीर हुन्छ।
आफ्नो 'समाजवादी मोडेल'बाट यिनले सर्वप्रथम स्वयम् शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई 'डेलिभरी' दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु न ओकल्नु हुनेछ।
आफ्नो ‘समाजवादी मोडेल’बाट यिनले सर्वप्रथम स्वयं शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई ‘डेलिभरी’ दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु र ओकल्नु हुनेछ।
पृथ्वीनारायणका पिता नरभूपालको प्रिय सेवक (कमारो) युवक उनीसँगै 'सती' गएको प्रसंगले कतै उनी जीवनको उत्तरार्द्धमा समलिंगी प्रेममा डुबेका त थिएनन् भन्ने आशंका गर्न सकिन्छ।
'सुन तस्करीको अनुसन्धानको नेतृत्व गरिरहेको राजस्व अनुसन्धान विभागको कार्यशैलीले हामीलाई सशंकित बनाएको छ।'
हिजो सबै अवसर आफैँले लिएको एउटा वर्ग, जाति र परिवारको पोषण समानुपातिक र समावेशिताले समाप्त भएको छ। त्यसकारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमासमेत यसविरुद्ध आवाज उठ्यो।
ट्राफिक व्यवस्थापनका लागि काठमाडौँमा बाहिरी रिङरोड आवश्यक देखिँदैन। त्यसले उल्टै सार्वजनिक यातायातलाई मर्का पर्छ। बरु, 'अन्डरग्राउन्ड सबवे' आवश्यक भइसक्यो।
अहिलेसम्म उत्पीडित समुदायलाई ढुक्कसँग ओतमुनि सुत्न दिइएको छैन। सधैँ त्रस्त र आतंकित बनाइएको छ। धर्म, संस्कृति, लच्छिन, अलच्छिन, दशा, ग्रहका अनेकौँ नाममा दलितलाई 'पापी' करार गरिएको छ, दुत्कारिएको छ।
गठबन्धन सरकारको नेतृत्व गर्ने अधिकार जनताले कांग्रेसलाई दिएका हुन्, तर यो कुरा स्वयं कांग्रेसकै नेता मान्दैनन् र उनीहरू भन्छन्– ‘हाम्रो नेता त प्रचण्ड हुन्।’
‘कांग्रेस या अरू कुनै दल फौजदारी मुद्दामा फैसला गर्ने अन्तिम निकाय होइनन्। हामीले के बुझ्नुपर्छ भने कांग्रेस पार्टी अदालत होइन, राजनीतिक दल हो। दलले जहाँसम्मको सीमा हो, त्यहीँसम्म गर्ने हो।’