स्पेनिसहरूको आक्रमण र युरोपियनहरूले भित्र्याएको रोगहरूको फैलावटबाटै अमेरिकाका एक करोडभन्दा बढी मूलवासीहरू मरे, मारिए। इतिहासको त्यो पाटोलाई शासक अमेरिकनहरू उजागर गर्दैनन्।
हरेक सरकारी अस्पतालमा सरकारले राम्रो उपचारका लागि डाक्टर र प्रविधिको व्यवस्था गरेको छ। तर, नागरिक त्यो सुविधाबाट वञ्चित छन्। एउटा सामान्य घाउको बिरामीसमेत अस्पतालबाट रिफर गरिन्छन्।
मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमध्ये धेरैको कारण टाउकोको गम्भीर चोट हो। त्यसो हुँदा मोटरसाइकल चलाउनले मात्र होइन, पछाडि बस्नेलाई अनिवार्य हेलमेट लगाउने व्यवस्था कार्यान्वयन गराउन आवश्यक छ।
अहिले चन्द्रयान अवतरण गरेको ठाउँको अक्षांश झन्डै ७० डिग्री दक्षिण हो। दक्षिणी ध्रुवबाट करिब ६०० किलोमिटर उत्तरमा अवस्थित यसलाई दक्षिणी ध्रुव भन्नु पोखरालाई नयाँ दिल्ली भन्नुजस्तै हो।
‘बुङमती–खोकना भएर फास्ट ट्र्याक अब जाँदैन, हामी जान दिँदैनौँ। बोर्ड बैठकले पारित गरेपछि सिंगो ललितपुर महानगरपालिकाको आधिकारिक धारणा यही हुनेछ।’
विविधता समस्या मात्र होइन, सम्भावना र समाधान पनि हो। त्यसैले सामाजिक-सांस्कृतिक विविधताको उन्नयन गरेर नै साझा मूल्य स्थापना गरी विकास र राष्ट्र निर्माणलाई संस्थागत गर्न सकिन्छ।
व्यापार घाटा प्रत्येक वर्ष बढ्दो छ। खाद्य सामग्रीकै निमित्त पनि देश आयातित वस्तुमा निर्भर हुँदै छ। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने समाचार प्रसारण हुनासाथ नेपाली बजारमा चामलको हाहाकार मच्चिन्छ।
'कोशी प्रदेशमा लगातार केन्द्रको हस्तक्षेप भइरहेको छ। प्रदेशसभामा जे भयो, त्यो पनि केन्द्रीय गठबन्धनकै नेताहरूको निर्देशनमा भएको छ। कोशीका दललाई नै छोडिदिने हो भने, यो विषय समाधान हुन्छ।'
नयाँ नागरिकता पढ्दै जाँदा 'आमाको नाम' लेखिएको लाइनमा पुगेपछि नराम्रोसँग झस्किएँ। मलाई फनफनी रिंगटा लाग्यो। ती कर्मचारीले पहिले भनेजस्तै मलाई 'आमाबिनाको नागरिक' बनाइदिएका रहेछन्।
सत्ता निकटहरूका अनुसार महामन्त्रिपरिषद् अर्थात् प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर, आरजु र गंगा दाहालको समूह निकै शक्तिशाली छ। यो चौकडी नारायणकाजीलाई बाहिरको बाटो देखाउन प्रयत्नरत छ।
हिन्दू धर्मका अभियन्ता र धर्मगुरुहरूले जहिल्यै शास्त्रीय रूपमा महिमा मण्डन गर्ने गोवंशका ५० लाख गाई भारतमा खुला आकाशमुनि बेवारिसे छन्। ती रेलवे स्टेसन, बसपार्क, चौर, खोला किनार वा जंगलतिर पुगेका छन्।
लोकरिझ्याइँवाद सर्वसाधारणका लागि 'म सबै गर्छु र जे पनि गर्न सक्छु' भनेर आएको छ, तर मानिस गरिब कसरी हुन्छ? विभेद र शोषणका ऐतिहासिक र राजनीतिक कारणबारे बोध छैन।
वीरेन्द्र र ऐश्वर्यले पनि साई बाबाबाट सुनकै गहना–गुरिया 'जादु'मार्फत उपहार पाएका थिए। सर्वसाधारणले चाहिँ खरानीमै चित्त बुझाउनुपर्थ्यो। ९६ वर्षको उमेरमा 'समाधि लिन्छु' भनेका साई बाबा ८४ वर्षमै बिते।
केही वर्षयता संसद्मा स्वार्थ जोडिएका विषयमा सांसदको संलग्नता झाँगिँदै गएको छ। सदन र संसदीय समितिमा छलफल, छानबिन हुँदा उनै सांसदहरू सहभागी भएर आफ्नो स्वार्थअनुकूल निर्णय गराउने प्रवृत्ति बढ्दो छ।
सामाजिक मर्यादाको कुनै विश्वव्यापी र बदल्नै नमिल्ने नियम हुन्छ जस्तो लाग्दैन। हरेक स्थान, परिवेश र उमेरअनुसार तय हुन्छन् ती सीमा। त्यस्तो सीमा निरन्तर रूपमा सम्झौता गर्न मिल्ने खालको हुन्छ।
बेलैमा विनोद चौधरीजस्ता विद्वानहरूलाई सम्झाऔँ कि उनका वाइवाइजस्ता ब्रान्डहरू भदौ २–५ को कथावाचनपछि धिरेन्द्र शास्त्रीका यस्ता सन्देशसित जोडिने छन्ः महिलाहरू उपभोग्य वस्तु हुन्, दलित नीच र अछूत हुन्।
‘हामी किसानका खेतबारीबाट मुरीका मुरी आलु उठाइदिन्छौँ। त्यसरी नै धान, कोदो, गहुँ र किबी पनि उठाइदिएका छौँ। खेतमै पैसा पाएपछि किसानहरू उत्प्रेरित भएका छन्।’
नेपालको अवस्था कस्तो छ भने, नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्न जाने प्रहरी अधिकृत, मुद्दा हेर्ने न्यायाधीश वा यस्तालाई संरक्षण गरिदिने नेताकै शैक्षिक प्रमाणपत्र पनि नक्कली हुनसक्ने सम्भावना छ।
'हाम्रो व्यवस्थामा प्रधानमन्त्री मियो हुन्छ। संसदीय समितिबाट आएका रिपोर्टहरूमा प्रधानमन्त्रीको सचिवालयले चासो लिनुपर्छ। प्रधानमन्त्रीबाट चासो भए अन्य मन्त्रालयहरूले पनि कार्यान्वयनमा जोड दिन्छन्।'
ब्रह्माण्ड चियाउने सम्भावनायुक्त आँखा त्यही 'स्क्रिन'मा प्रक्षेपित 'मिराज'लाई सत्य ठानेर लठ्ठ छ। एक कुनामा लुकेर त्यसरी रमाउने एक्लोपनका लागि त यति फराकिलो संसार नै किन चाहिन्थ्यो र?