घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ।
स्वास्थ्य परीक्षणका लागि भनेर बैंकक उडेका देउवाले उता वैकल्पिक गठबन्धनको खाकामा मोहर लगाई चालु सत्ता गठबन्धन बनेदेखि बिझेको महसुस गरिरहेको मित्र राष्ट्रको दुःखाइ च्वाट्टै पार्ने अड्कलबाजी भइरहेको छ।
हिटलर आर्थिक विषयलाई झन्झटपूर्ण ठान्थे, कतिपय अवस्थामा आपराधिक र लापरबाहीपूर्ण दृष्टिकोण राख्थे। उनीमाथि तत्कालीन ४ लाख जर्मन मुद्रा बराबरको कर बक्यौता थियो।
कसैले थाहा पायो भने इज्जत जान्छ, प्रतिष्ठामा आँच आउँछ भनेर यस्ता घटनाहरू परिवारभित्रै गुपचुप राख्छन्, तर यस्तो कार्यले त अपराधलाई उल्टै बढवा दिन्छ, पीडितले झन् धेरै पिडा भोग्नुपर्ने हुन्छ।
चप्पल र मन्डी ओढेर आएका भारतीय राजदूतलाई भेटेकोमा गिरिजाप्रसादप्रति उग्र असन्तुष्ट रवीन्द्र यतिबेला योगी आदित्यनाथको भरमा 'राजा बन्छु' भनेर हिँडेका ज्ञानेन्द्रको पछि लागेका छन्।
२०७२ सालको संविधान तहत नेपाल धर्मनिरपेक्ष राष्ट्र भएता पनि सनातन धर्म संरक्षण गर्ने धर्मनिरपेक्ष राष्ट्र हो। यहाँनिर जटिलता के छ भने त्यो सनातनको परिभाषा चाहिँ के हो?
शिक्षक केवल जागिरे होइन। अनुसन्धानकर्मी, खोजकर्ता र आविष्कारक पनि हो। यो मर्यादित, संवेदनशील र वजनदार पेसा हो।
अहिले घण्टी–नेता रवि लामिछानेको थुना प्रसंगमा आए पनि ‘तपाईंको अन्तिम इच्छा के छ?’ भनेर कसैले क. केशरलाई चीनको छिनाई मिन्जु युनिभर्सिटीमा एउटा पाठ पढिरहेका बेला सोधिसकेको रहेछ।
आर्थिक मामिलाको विज्ञ चाहिने राष्ट्र बैंकको उच्च पदमा कानूनची क्षेत्री प्रधानमन्त्रीका प्रिय व्यवसायीको बुई चढेर विराजमान हुन खोजेपछि गगनले बारम्बार गभर्नर नियुक्तिलाई विचौलियासँग जोड्न थालेका थिए।
सत्तालाई स्थायी बनाउन र जनसमर्थन प्राप्त गर्न जब धर्मलाई प्रयोग गरिन्छ, यसको आन्तरिक ‘आध्यात्मिकता’ नष्ट हुन्छ र पाखण्डको रूपमा उभिन्छ।
डीएनए आविष्कारका लागि निकै पछिसम्म श्रेय नपाएकी उनलाई आधुनिक भाइरोलोजीले उच्च श्रेय दिएको छ, उनले गरेको कामकै आधारमा अझै पनि कतिपय भाइरसको अनुसन्धान हुने गर्छ।
उँघ्दै–ब्युँतिँदै गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तीमा देश र देशवासीको हित खातिर आइन्दा यस्तो नभनिइदिउन्, “म फेरि प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छु।”
गण्डक सम्झौता, सगरमाथा विवाद र मुस्ताङकाण्डमा प्रतिनिधिसभाभन्दा महासभामा बढी छलफल भएको थियो। महासभाकै विरोधका कारण मनोरञ्जन कर र न्यायिक सुधार विधेयक सरकारले फिर्ता लिएको थियो।
आदिवासी आन्दोलनको भावनात्मक आयाम बोध गर्न राज्य असफल भयो भने त्यसले द्वन्द्वलाई अनियन्त्रित र विकराल बनाउनेछ। यस द्वन्द्वले स्थायी स्वरूप धारण गर्न सक्छ।
शास्त्रोक्त अष्ट भैरव बाहेक काठमाडौँमा आकाश भैरव, पचली भैरव छन् र अरू पनि केही ‘लोक भैरव’हरू भएको बुझिन्छ। यस्तोमा हाम्रा भैरवदाइलाई ‘सञ्चार भैरव’ भने के होला?
भैरव रिसाल स्वयं भन्ने गर्नुहुन्थ्यो— उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।
लोकतन्त्रवादीसामु ध्वस्त हुने कि सुध्रिने चुनौती छ। व्यवस्था र अवस्थाको भविष्य उनीहरू आफैप्रति कति निर्मम बन्न सक्छन्, त्यसैमा निर्भर हुन्छ।
राणाशासनमा सत्ताको बफादार भूपालमान सिंह कार्कीलाई २००७ सालपछि पनि फरक नपरेजस्तै, छोरा लोकमानलाई पञ्चायत, प्रजातन्त्र, राजाको शासन, गणतन्त्रमा सरकारहरू मात्रै होइन व्यवस्थै बदलिदाधरि फरक परेन।
सन् १९९० पछि रुसमा भित्रिएको सीमित कुलीनतन्त्रले त्यहाँको कतिपय प्राकृतिक संसाधन कब्जा गर्न सफल भएको थियो। इटली, जर्मनी, अस्ट्रिया, फ्रान्स र धेरै अफ्रिकी देशमा यसको लहर देखा परेको छ।
प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल आयल निगममार्फत पेट्रोल र डिजेल बिक्रीमा प्रतिलिटर १ रुपैयाँ उठाउने गरेको छ। तर यसरी संकलन गरिएको रकम कहाँ र कसरी खर्च गरिएको छ, सरकार बेखबर छ।