AnonymousUser

Logout

जनप्रतिनिधि कि शासक!

शक्ति केन्द्रीकरणमा दत्तचित्त राजनीतिक नेता। अधिक पक्षधरताले ग्रसित र दिग्भ्रमित नागरिक समाज। निर्णायक हस्तक्षेप गर्ने तयारी नपुगेका असन्तुष्ट जनता। यी सबैको प्रभावमा परेको छ प्रतिनिधित्वको सवाल।

‘गाडधन’झैँ लाइसेन्स–चिर्कटो

फेरि किन गरौँ, लाइसेन्स नवीकरण हुनै नसकेको नाथु कुरो? देशमा प्रधानमन्त्री ओलीकै स्याटलाइट–स्पेस हराएको चिन्तादेखि कोशीमा पानीजहाजको बहाव र रसुवातिर चुच्चे रेलको तिव्र गतिसम्मका विलुप्त विषय अनन्त छन्।

हामी दुई सञ्जीवनी: स्लेट र स्टाइलस

पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्तिहरू पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ।

गभर्नरमा अझै गरमागरम

पद रिक्त हुनु एकाध महिनै अघिदेखि कतिपयले गभर्नर बक्सिस पाउन घरदैलो शुरू गरेका थिए। यसै पनि लिगलिगे दौड भनिएको गभर्नर दौड म्याराथनजस्तै लामो, थकाउ र कसैकसैका लागि खर्चिलो पनि भइसक्यो।

नेपालको राजनीतिमा अंग्रेज तथा भारतीय राजदूतको प्रभाव

दिल्ली सम्झौतापछि गठन भएको सरकारमा चन्द्रेश्वरनारायण सिंह ‘भाले’ भए। मन्त्रिमण्डलको बैठकमै उनको उपस्थितिबाट नेपालमाथि भारतीय रबैया र दृष्टिकोण प्रष्ट हुन्छ।

'टेक्नो-फ्युडल क्यापिटलिज्म' युगमा मार्क्सको सम्झना

पुँजीवाद अहिले 'टेक्नो–फ्युडलिस्ट क्यापिटलिज्म' भएको छ, जसले प्रविधिमाथि पेटेन्ट राइट आफूमा राखेर निरन्तर प्रविधि लगान/कूत लिँदै 'पेरिफेरल ग्लोबल साउथ'को रगत चुसिरहेको छ। 

तपाईंको पहाड घर कहाँ हो?

ढुंगामाटो, खोलानाला, पशुपन्छी, बोटबिरुवाले राष्ट्रको परिभाषा गर्नै सक्दैन। भूगोलले राष्ट्रियता जोगाउने पनि होइन। राष्ट्र भनेको जनता जनार्दन हुन्। जनसमुदायकै पहिचान र सभ्यता हो।

नेपालमा पनि थालौं श्रम सजाय

उल्लेख्य मात्रामा युवायुवती जेल जीवन बिताउन बाध्य हुनु उर्वर जनशक्ति खेर जानु हो। त्यसैले दण्ड सजायलाई साँच्चिकै सुधारको लागि प्रयोग गर्ने हो भने सम्भव भएसम्म कम दोषीलाई मात्र जेल सजाय सुनाइनुपर्छ।

एउटा श्रमिकलाई 'जी हजुर', अर्कोलाई 'ओए'! 

नेपालमा मात्रै नभई संसारभर नै धेरैजसो श्रमिक र किसान ऐतिहासिक रूपमा उत्पीडित देश, क्षेत्र र समुदायबाट आउँछन्, जसरी अमेरिकामा जमाइकाबाट ‘बफलो सोल्जर’ (भैँसी गोठाला)हरू आए।

भूठान: फिल्म नचल्ला, तर यो कथा बाँचिरहनेछ

पर्यटक बनेरै भए पनि थातथलो छुन्छु भन्दा प्रतिबन्ध लगाइरहने गजबको मनोदशा छ भुटानसँग। यो ‘ग्रस नेसनल हिप्पोक्रेसी’ बोकेर विश्व रंगमञ्चलाई हँसाइरहेको भुटानका लागि ‘भूठान’ एउटा ऐना हो जो ऊ हेर्नै चाहँदैन।

क्यानडामा प्रधानमन्त्रीका रूपमा मार्क कार्नीको छलाङ

नोभेम्बरमा ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुँदा, कार्नी आधिकारिक रूपमा राजनीतिक परिदृश्यबाट बाहिर थिए, ‘सधैँ तयार राजनीतिज्ञ’का रूपमा अवसरको प्रतीक्षा गरिरहेका थिए।

नेपालमा पनि उदाउन सक्छ दक्षिणपन्थी ‘ट्रम्पवाद’ 

ट्रम्पको यो उभार आधुनिक साम्राज्यवादी पुँजीवादतिरको छलाङ हो, जहाँ सबै कुरा एक व्यक्तिको हातमा हुन्छ, कानूनलाई आफ्नो सुविधाअनुसार तोड्न सम्भव छ र जनता केवल तमासे बनेर हेर्न विवश हुँदै छन्।

पहलगाम आतंककारी हमला: जबाफदेहिताको खोजी

यसको अर्थ के पनि हुन्छ भने — बीजेपी दल र उसको विचारधारामा महिलामाथि अभद्र व्यवहार गर्नु, अल्पसंख्यकविरुद्ध घृणा फैलाउनु, दंगा र फसाद निम्त्याउनुजस्ता कृत्यमा कसैलाई पनि जबाफदेही ठहराइँदैन।

तीर्थराम डंगोल: निष्ठाको तीर्थ

२०६० सालदेखि खास गरी काठमाडौँ उपत्यकाका समुदायले ज्यापु दिवस मनाउन थाले। यो दिवसको जन्मदाता एक प्रकारले तीर्थराम नै हुन्।

हिजो र आजका घर छोडेर हिँड्नेहरू

घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ।

गभर्नर गिजोलिँदा

स्वास्थ्य परीक्षणका लागि भनेर बैंकक उडेका देउवाले उता वैकल्पिक गठबन्धनको खाकामा मोहर लगाई चालु सत्ता गठबन्धन बनेदेखि बिझेको महसुस गरिरहेको मित्र राष्ट्रको दुःखाइ च्वाट्टै पार्ने अड्कलबाजी भइरहेको छ।

हिटलरको त्रासदपूर्ण भन्सार शुल्क

हिटलर आर्थिक विषयलाई झन्झटपूर्ण ठान्थे, कतिपय अवस्थामा आपराधिक र लापरबाहीपूर्ण दृष्टिकोण राख्थे। उनीमाथि तत्कालीन ४ लाख जर्मन मुद्रा बराबरको कर बक्यौता थियो। 

परिवारभित्रै असुरक्षा, बाहिर मौनता

कसैले थाहा पायो भने इज्जत जान्छ, प्रतिष्ठामा आँच आउँछ भनेर यस्ता घटनाहरू परिवारभित्रै गुपचुप राख्छन्, तर यस्तो कार्यले त अपराधलाई उल्टै बढवा दिन्छ, पीडितले झन् धेरै पिडा भोग्नुपर्ने हुन्छ।

वारि रवीन्द्र मिश्र, पारि कपिल मिश्र

चप्पल र मन्डी ओढेर आएका भारतीय राजदूतलाई भेटेकोमा गिरिजाप्रसादप्रति उग्र असन्तुष्ट रवीन्द्र यतिबेला योगी आदित्यनाथको भरमा 'राजा बन्छु' भनेर हिँडेका ज्ञानेन्द्रको पछि लागेका छन्। 

नेपालको विशिष्ट धर्मनिरपेक्षता: व्यवस्थापनमा संवेदनशीलता आवश्यक

२०७२ सालको संविधान तहत नेपाल धर्मनिरपेक्ष राष्ट्र भएता पनि सनातन धर्म संरक्षण गर्ने धर्मनिरपेक्ष राष्ट्र हो। यहाँनिर जटिलता के छ भने त्यो सनातनको परिभाषा चाहिँ के हो?