सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।
त्रिविलाई सुधारको मार्गमा लैजान अब पनि ढिलो गर्ने हो भने यसले सिंगो राष्ट्रकै क्षमता र विशेषतः छिमेकी मुलुकमा भइरहेको तीव्र आर्थिक विकासको फाइदा लिन सक्ने ल्याकत गुमाएर जाने स्थिति आइपर्नेछ।
नारी दिवसले हामीलाई यो स्मरण गराउँछ कि महिलाको सङ्घर्षको महत्त्व केवल एक दिनमा सीमित छैन, यो निरन्तर चल्ने प्रक्रिया हो।
बहुलवादमा गौरव गर्ने देशले अक्सर एकै जात र लिंगका विज्ञ राखेर विधेयक मस्यौदा गर्दा अन्य जातजातिलाई कसरी मर्का पर्छ भन्नेबारे तिनमा संवेदनशीलता नहुँदो रहेछ।
अन्धविश्वास, रुढीवाद र पुरातन विश्वास फ्याँक्नुपर्छ। सामाजिक सञ्जालबाट उदाएका भाइरल र प्रदूषित विचारप्रति पनि हामी उत्तिकै सजग रहनुपर्छ।
उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।
पहिला सरकारहरूले पार्टीप्रति बफादारलाई नेतृत्व दिई सार्वजनिक संस्था ध्वस्त पारे। त्यसपछि पैसाको दौर शुरू भयो। अहिले निर्णयकर्ताले स्वार्थ बाझिने व्यापारीको मनोनयनलाई सरकारले अनुमोदन गर्ने समय हो।
‘संसार नाट्यशाला हो, यहाँका प्रत्येक मानिस स्त्री नटुवा हुन्, जो आआफ्ना विभिन्न खेल खेल्छन् र अन्त्यमा अन्तर्ध्यान हुन्छन्।’
गोर्खा राष्ट्रिय कांग्रेस, जसले सिक्किमसित विलयको मुद्दा उठाइरहेथ्यो, भर्खरै केन्द्र सरकारलाई महिना दिनको अल्टिमेटम दिएको छ। तर सिक्किम-दार्जिलिङबाट उठ्ने यस्ता आवाजलाई केन्द्रले गम्भीरतासित लिँदैन।
अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ, किनभने सानो उमेरमा उसलाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ।
झूटो नै सही, सधैँ अरूबाट तारिफ र प्रशंसा मात्र सुन्ने आदत परेका ट्रम्पलाई जेलेन्स्कीको जवाफ चित्त बुझ्ने कुरै थिएन। चोर औँला देखाउँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धका लागि जुवा खेल्दै छौ!’
नेवानिलाई निजीकरण गरिहाल्न नसकेको तथा व्यवस्थापन करारमा दिने, विदेशी रणनीतिक साझेदार भित्र्याउने, कम्पनी मोडेलमा लानेजस्ता अनगिन्ती सुझावमा ठोस काम गर्न पनि नसकिरहेको अवस्था छ।
सानैदेखि देश र किम परिवारप्रति ‘बफादार’ शिक्षा पाएर हुर्किने उत्तर कोरियालीहरू परिवार भित्रैको जासुस बन्थे। आफ्नै परिवारसँग विश्वास गर्न नसकिने राष्ट्रवादी ‘ब्रेनवास’ कति खतरनाक?
संसद् अधिवेशन अन्त्य गरेर र संसद् अधिवेशनलाई निर्धारित समयभन्दा पछाडि धकेलेर अध्यादेश ल्याउनु हिजो गलत, आज गलत, सधैँ गलत हो।
यताका नयाँहरूमा पनि केजरीवाल प्रवृत्ति सुनिन्छ। उनीहरू न संविधानको विरोध गर्न सक्छन् न त संविधानबाट प्राप्त संघीयता, धर्मनिरपेक्षताको समर्थन गरी सामाजिक सञ्जालमा व्याप्त आफ्ना समर्थक गुमाउन चाहन्छन्।
म गोरखामा जन्मेको मान्छे, राजा भए पनि त्यहाँका पृथ्वीनारायण शाहले झलमल उज्यालोमा कहिल्यै भात खान पाएनन्। आज गोरखाको लगभग सबै घरमा बिजुली छ।
नेपालको पर्यटकीय मौसमअनुसार पुस खासै पर्यटक भित्रिने समय होइन, तर यो हदको शून्यता हुँदैनथ्यो। यस्तो अवस्था किन आयो त? जवाफ सिधा छ– विश्वमै जारी आर्थिक मन्दी।
बेलाबेला शिक्षकले ‘तिमी अपवाद हौ’ भन्ने महसुस गराउनेबाहेक खासै असहज महसुस गरिनँ। तर क्याम्पसबाहिर भने पुरुष नर्स हुनुको स्पष्टीकरण मैले निरन्तर दिइरहनुपर्यो।
सवारीबाट ओर्लने बित्तिकै विशेष मनुवालाई पिर्के नै भए पनि सलामी चाहियो। अद्वितीय मानवका लागि अन्य औसत अतिथिभन्दा घच्याक्क परेको पीत-सिंहासनमा विशेष गद्दा चाहियो।
सरोकारवाला निकायले सडक प्रयोगकर्तालाई प्रविधिको कुशल प्रयोगबारे व्यापक जानकारी दिनु जरुरी छ। नत्र सडकमा जोडिएका प्रविधिमा गरेको खर्चको प्रभाव खासै रहँदैन। बरु दुर्घटना बढाउन योगदान गर्छ।