‘मलाई यो आन्दोलनको नेतृत्व गरिदेऊ भनेर राजाले भनेको होइन। विभिन्न पार्टी, राजा चाहिनेवाला संघसंगठन सबैले भनेका कारण म स्विकार्य व्यक्तिको रूपमा आएको हुँ। तर एकदुई जनाले विवाद निकालिदिए।’
चीनका अन्तिम सम्राट पुयीलाई १० वर्ष जेल हालेपछि उनकै पुरानो दरबार नजिकको बगैँचामा माली बनाइयो। बाँकी जीवन मालीकै काम गरेर बिताए।
प्राविधिक र व्यवस्थापकको रूपमा हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणभित्र कुलमान घिसिङभन्दा कमसल ठानिँदैनन्। तर सरकारको विवेकरहित र जनभावना विपरीतको निर्णयले शाक्य जनताको नजरमा खलनायक हुने खतरा छ।
‘नेताहरूले जसरी हामीलाई कसैले देख्दैन भनेर यो सबै गरिरहेका छन्, यसको हिसाबकिताब हुनेछ नै। यी घटनाक्रम र नेताराज त सबैले देखिरहेका छन्।’
वर्कफ्रम होमको सपना त्यसै तुहियो। त्यसपछिको केही दिन खाली बसेँ। काठमाडौँको महँगीले सधैँभरी केही नगरी बसिरहन मन मानेन। श्रीमान्लाई आर्थिक रूपमा सघाउनुपर्छ भन्ने उद्देश्यले म फेरि कामको खोजीमा लागेँ।
माइतीघरबाट दाङका स्वर्गद्वारी गुठी पीडित मोही किसान भनिरहेका छन्, ‘जग्गा हाम्रै पुर्खाले खनीखोस्री बनाएका हुन्, जग्गाको लालपुर्जा हामीले पाउनुपर्छ।’
स्वार्थ समूहको भूमिका, क्षमता र चरित्र हेर्दा उनीहरू उड्डयन क्षेत्रको समस्या समाधानमा होइन, झनै ठूला समस्या बनाएर र खतरा देखाउँदै आफ्नो स्वार्थ पूरा गर्न लागेको देखिन्छ।
अमेरिकी राष्ट्रपतिमा पुनरागमनसँगै ट्रम्पले धमाधम चालिरहेका कदमले संसारभरका लोकतन्त्र पक्षधर चिन्तित छन्, तानासाही र अधिनायकवादका पक्षपाती भने उत्साहित छन्। जस्तो, नेपालमा राजावादीमा देखिएको उत्साह।
‘ठेकेदारकै कारण काम समयमा नसकिएको अवस्थामा हामी पेनाल्टी लगाउछौँ। १० प्रतिशतसम्मको पेनाल्टी पाउँछन्। काम हुनसक्छ भने पेनाल्टी लगाएर भए पनि त्यही ठेकेदारबाट गराउने हाम्रो रणनीति हुन्छ।’
खेतीपाती नाफाका लागि अन्नपात वा वस्तुभाउ उब्जाउने वा हुर्काउने कुरा मात्र होइन, यो मानवको पूर्णतातर्फको यात्रा हो। यी आधारभूत कुरामा बुझ पचाएर वा भ्रम पालेर यो यात्रा तय गर्न सकिँदैन।
‘स्वतन्त्र विद्यार्थी युनियनसँग मिल्दाजुल्दा स्टुडेन्ट काउन्सिल विदेशका विश्वविद्यालयमा पनि हुन्छन्। तर उनीहरू विश्वविद्यालयले खडा गरिदिएको कम्पनीमा आबद्ध भई उद्यमशीलताको अभ्यास गर्छन्।’
विश्वव्यापी रूपमा गएको २०० वर्ष अमेरिकी लोकतन्त्रले मानक स्थापना गरेको थियो। त्यो मानक बिस्तारै खस्किँदै गएको हो कि भन्ने धेरैको मनमा परेको छ।
मार्क्स अर्थव्यवस्था, राजनीति र समाज नीतिमा व्यापक परिवर्तन चाहन्थे। अर्थनीतिको ढाँचा मुनाफाको आधारमा नभएर मानवीय विकास र संवेदनाअनुसार तय गरिनुपर्दछ भन्ने चाहन्थे।
छद्म गणतन्त्रवादीको डफ्फा आफै नयाँ राजा बन्ने बाटो खनिरहेका छन्। केही प्रगतिशील राजनीतिज्ञहरू पनि शासनको गुलियो चास्नीमा डुबेर हल न चलको स्थितिमा छन्।
हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने ती महिलालाई थाहा छैन कि क्या हो? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भए पनि सही हो।
चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी छ, दुर्भाग्यवश यो मजाक हामीमाथि नै भइरहेको छ।
परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्।
शहर बजारमा सार्वजनिक यातायात जति प्रभावकारी ढंगले प्रयोग गर्न सकियो, उति नै ट्राफिक व्यवस्थापन सहज हुने संसारकै अनुभवबाट सिक्न सकिन्छ।
अहिले हतार गरेर नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने भनेर अरू समस्या निम्त्याउने खालको कानून बनाउन लागिएको छ, यसलाई रोकेर प्रशस्त समय लगाई समुच्चा व्यवस्था गरिनु आवश्यक छ।
पदको गरिमा र नैतिकताको आधारमा पूर्वराष्ट्राध्यक्ष कथित पदीय राजनीतिक सक्रियताबाट टाढै रहनु उचित हुन्छ। पूर्वराष्ट्राध्यक्षको भूमिका अनुकूलन बनाउन ‘कुलिङ अफ पिरियड’को प्रस्ट व्याख्या गरिनुपर्छ।