मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा दुवै तर्फबाट कुनै चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउने कार्यलाई दण्डनीय बनाएको छ।
देशमा एउटा कुरा गज्जब छ। शासक बनिसकेपछि उसले भुइँ टेक्नुपर्दैन। सके हेलिकप्टर नभए जहाजमा यात्रा सुनिश्चित छ। सडकमा पाइला हाल्नै परे करदाताको पैसामा साइरन बजाउँदै तिनैलाई पेल्दै हिँड्न पाइन्छ।
बाबा वैद्यनाथ धाम र बेहडाबाबा दर्शनमा धाइरहनुभन्दा परराष्ट्रमन्त्री आरजु राणाले विपिन जोशीको ‘श्वास र आश’मा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ।
सन् १९९० को दशकदेखि जारी जातीय भेदभावले भुटानमै रहेका हजारौँ नेपाली मूलका ल्होत्साम्पा अझै पनि नागरिकता, जमिन स्वामित्व, मतदान, शिक्षा र सरकारी सेवाबाट वञ्चित छन्।
शान्ति र प्रगतिको बाधक नै विकसित भनिएका देशहरू भएको देखिन्छ। यस्तो अवस्थामा समग्र वैश्विक नागरिक समाजले अब युद्ध विरोधी मोर्चा बनाउनतर्फ लाग्ने समय आएको छ।
उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन। छोरा र भाइ हुँदाहुँदै शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।
‘फर्पिङबाट हराएको सूर्यमूर्ति नेपालको भएको यथेष्ट प्रमाणसहितको औपचारिक पत्र भारत सरकारको सम्बन्धित निकायमा आउनुपर्यो। जसको जवाफ भारत सरकारले ३० दिनभित्र दिनैपर्ने हुन्छ।’
कार्ल मार्क्स भन्छन्–मानिसले इतिहास निर्माण गर्छन्, तर तिनको रोजाई अनुसार इतिहास बन्दैन। लेखक जर्ज अर्वेलका अनुसार त जसको नियन्त्रणमा वर्तमान हुन्छ, उसैका अनुसार विगत (इतिहास) को भाष्य निर्माण गरिन्छ।
मेरिटको नाममा गरिने यस्ता पुनर्नियुक्तिले सीमित व्यक्तिलाई बारम्बार अवसर दिँदा जनताको विश्वास मात्र घटेको छैन, नयाँ पुस्तालाई नेतृत्वको अवसरबाट वञ्चित गरेको छ।
नेपालमा युवा उद्यमशीलताको लहर त उकालो लागिरहेको छ, तर यसलाई दिगो र अझ तीव्र बनाउन बहुआयामिक प्रयासहरू आवश्यक देखिन्छ।
कुशासनको दुष्चक्रले नागरिक यस्तो उकुसमुकुसमा छ, उसले सोसल मिडिया वा कुनै प्लाटफर्ममा ‘छाडा बोल्यो’ भन्दैमा लामो समय मुद्दामामिलामा लट्काउने हैन कि, सच्चिने मौका दिने हो।
मानिस यो हदसम्म कसरी पुग्छ? एक अर्कालाई घृणा गर्न मानव मस्तिष्कमा कस्तो किसिमको बीज रोपिनुपर्छ र युद्ध गरेर आखिर फाइदा कसलाई भइरहेछ? यी प्रश्न अहम् रूपमा उब्जिएका छन्।
कलाक्षेत्र संसारमा सिर्जनशील अर्थतन्त्र निर्माणमा अग्रणी बन्दैछ। नेपालकै हस्तकला अन्तर्राष्ट्रिय बजारमा चर्चित छ। कला–संस्कृतिमा धनी नेपालले यो मौलिक धनलाई अर्थोपार्जनसँग जोड्न ढिलो गर्नुहुन्न।
अलग राज्य 'गोर्खाल्यान्ड' भनेर जसवन्त सिंह, इन्द्रजीत खुल्लरहरू सांसदको उम्मेदवार भएर दार्जिलिङ आए। भोट पनि पाए। त्यसपछि जनताले न गोर्खाल्यान्ड देख्न पाए, न त सांसदलाई भेट्न नै।
नेपाली जो विदेशमै जन्मे-हुर्किए, उनीहरू आफ्नो मौलिक पहिचान खोज्न थाल्छन्। नेपाली भाषा-संस्कृतिमा चासो देखाउँछन्, यतै केही गर्न चाहन्छन् तर नागरिकता नहुँदा उनीहरूको त्यो लगाव ‘भावना’मै सीमित हुन्छ।
बसमा जति यात्रु बढ्दै जान्थे, रामबहादुरको सकस झन् बढ्थ्यो। उनका खुट्टा गलेर लखतरान भएका थिए। बसले ब्रेक लगाउँदा उनी अगाडि हुत्तिन पुग्दथे। जीर्ण शरीरले यो सबै सहन सकिराखेको थिएन।
पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ।
हिंसा र दुर्व्यवहार, सामाजिक बहिष्कार तथा राज्यबाटै बेवास्ताजस्ता कारणले यौनिक अल्पसंख्यकको दैनिकी संघर्षपूर्ण हुने गरेको छ। शारीरिकसँगै मानसिक पिडा र लाञ्छनाले यो समुदाय मूल प्रवाहमा आउन सकेको छैन।
नेपालका सबै पार्टी वैचारिक, राजनीतिक तथा सांगठनिक तीव्र पुनर्गठनको पर्खाइमा छन्। तर पुस्तान्तरणको सामान्य मेलोमा पनि आग्लो हाल्ने नेतृत्वले पुनर्जलीय उपचारको आवश्यकता देखेकै छैन।
नेपालको शिक्षा व्यवस्था पचासौँ वर्षअघिदेखि नै कमजोर छ। विकसित देशको तुलनामा जनशक्ति, स्रोत र साधनको अभाव छ। गुणस्तरीय शिक्षा पाएका शिक्षकहरूकै कमी छ।