AnonymousUser

Logout

एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्रीको उकुसमुकुस 

भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदा रामकुमारी झाँक्रीलाई चेतावनीयुक्त स्पष्टीकरण सोधेको एकीकृत समाजवादी कारबाहीको निर्णय गर्न भने हच्किइरहेको छ, किन? 

धर्म निरपेक्षतामाथि प्रहार र कारण

संविधानको ‘धर्म निरपेक्ष’ प्रावधानउपर हुँदै गरेका प्रहार धार्मिक आस्थाको कारणले नभएर तात्कालिक राजनीतिक लालचले भएको हो।

कहाँ छन् मधेशका बनराकस?

समग्रतामा हेर्दा मुर्दा शान्तिमा बाँचेको छ मधेश। जहाँ न प्रतिरोध छ न प्रतिपक्ष, जिज्ञासा छ न जबाफदेहिता। लोकतन्त्रको नाममा केवल ढाँचा बाँकी छ, आत्मा हराइसकेको छ। 

नेपालीका दुःख-चरम निराशा, घोर आशा

विद्यमान निराशा ठूलो समस्या होइन। निराशा पोखिरहने तर त्यसलाई चिर्न केही नगर्ने नागरिक निष्क्रियता बरु ठूलो समस्या हो। 

संवैधानिक इजलासले गुमाएको विवेक

आदेशमा प्रत्येक न्यायाधीशले औँल्याएका मुख्य कानूनी प्रश्न र त्यसउपर राखेका विचार प्रतिबिम्बित छ। न्यायाधीशले यस मुद्दामा उठेको शासन व्यवस्थासम्बन्धी गम्भीर संवैधानिक प्रश्नको उत्तर दिने चेष्टा गरेनन्।

विपदमा आर्थिक सहयोग होइन, छिमेकीसँग सूचना मागौँ

क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण मात्र होइन, जोखिम पूर्वानुमान र सतर्कता प्रणालीको साझेदारीका लागि पनि दुई देशबीचको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्छ। 

बर्सेनि दोहोरिने विपद् : ध्यान दिनुपर्ने यी विषय

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनको दीर्घकालीन समाधान खोज्ने कार्य राज्यले अतिशीघ्र अघि बढाउनु जरुरी छ। उनीहरूलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर व्यवस्थापन गर्न सकिन्छ।

‘क्याम्पसलाई यत्रो जग्गा किन चाहियो भन्दै कब्जा गरियो’

‘प्राध्यापकहरू जग्गा जोत्न जाने हुन् र? क्याम्पसलाई यत्रो जग्गा किन चाहियो भन्दै धमाधम कब्जा गरियो। त्यो जग्गा फिर्ता माग्दै आन्दोलन गर्दा हामीलाई हिरासतमा कोचियो।’

एसईईका बहुआयाम र ‘घोकन्ती विद्या धावन्ती खेती’ 

१९९० सालको मेट्रीकुलेसनदेखि २०८१ सालको एसईईको तथ्यांकीय दस्ताबेज सरसर्ती  हेर्दा पनि उच्चवर्गीय घनघोर उत्पीडनले निम्नवर्गीय मानिसलाई निरन्तर डामिरहेको देखिन्छ।

एनपीएलको हिसाबकिताब पारदर्शी छ, ठाउँमा जवाफ दिन्छौँः पारस खड्का

‘क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ। म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन।’

राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न

कानूनी शासनको सम्मान नगर्ने उनीहरू यस्ता हर्कत पनि ‘जनताको इच्छा’ भन्दै गर्छन्। यसले वास्तवमा लोकतन्त्रलाई भित्रभित्रै मक्काउँछ र सक्काउँछ।

ममदानीलाई जिताउन तयार छन् नेपाली समुदाय

न्युयोर्कजस्तो शहरमा सर्वसाधारणको भावना बोक्ने एक राजनीतिक ताराको उदयलाई दुवै पार्टीले स्वाभाविक रूपमा खतरा ठानेका छन्। मामदानीजस्तै नयाँ नेता देशभर उदाउन सक्छन् भन्नेमा डेमोक्रेटहरू नै चिन्तित छन्।

हराएको ‘कुलिङ पिरियड’, छायामा अतिरिक्त सचिव

अतिरिक्त सचिवको पद सिर्जनामा खासै विवाद छैन। तर त्यो पदको कार्यकाल नै नतोक्नेचाहिँ, त्यसो गर्दा उच्च लाभ पाउने सहसचिवहरूको ‘घरदैलो अभियान’का कारण सम्भव भएको हो।

जब आफ्‌नै कमरेडले ठगे…

'क्रान्तिको कोख'बाट जन्मिएका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।

‘सिक्किममा दार्जिलिङ विलय’को प्रलय

सन् २०१५ मा बीजेपी सरकारकै पालामा भारतका १११ वटा गाउँ बांग्लादेशमा र बांग्लादेशका ५१ गाउँ भारतमा साटफेर गरिएको थियो।

एसईई: शिक्षाको अवधारणामै गम्भीर समीक्षा जरुरी

बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?

नेपाल 'जासुसको केन्द्र' बन्दा हाम्रो कूटनीति

नेपालको वर्तमान कूटनीतिक कमजोरीको उदाहरण हो- हालै आयोजित ‘सगरमाथा संवाद’। यस संवादमा अन्तर्राष्ट्रिय मञ्चबाट राष्ट्र वा सरकार प्रमुखको उपस्थिति शून्य थियो।

बुर्किनाफासोका ट्राओरे र नेपाली कम्युनिस्ट आन्दोलन

अरनिको राजमार्ग बनाउन आएका चिनियाँहरूले रेडबुक र 'चीन सचित्र' पुस्तक बाँड्थे, त्यही बेला राजा महेन्द्रले भारतीय सरकारको सरोकारलाई लिएर भनेका थिए– 'कम्युनिस्ट गाडी चढेर आउँदैनन्।'

यसकारण हुनैपर्छ शिक्षणको केन्द्रमा संगीत

संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौँ। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौँ। 

जिन र डीएनएले कसरी आफ्नो प्रतिलिपि बनाउँछन्?

एउटै परिवार र नातागोतामा विवाह गर्नु हुँदैन भन्ने कारण पनि यसैले गर्दा हो। आमाबुवाको जिन जति धेरै मिल्यो, नयाँ सन्तानमा दबेर बसेका अप्रभावकारी जिन देखापर्ने सम्भावना बढ्न सक्छ।