AnonymousUser

Logout

एशियाली खेलकुद: पुरुष रग्बीमा नेपाल समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ।  पुरुष रग्बीमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

बाल सुधार गृह अपडेट: फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।

अन्तिम ९ मिनेटमा ३ गोल गर्दै अल–नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

हारको संघारमा पुगेको अल–नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल–अहलीलाई ४–२ ले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा स्थान बनाएको छ।

सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

कागखोलामा आएको बाढीबाट करिब एक अर्बको क्षति

भौतिक संरचना, स्थानीय बासिन्दा, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र संघ/संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।

भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्छौँ: रोहित पौडेल

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलाडीहरू क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको बताएका छन्।

कुखुराको अवैध आयात रोक्न मातहतका निकायलाई गृहको निर्देशन 

गृह मन्त्रालयले मातहतका निकायलाई खुला सिमानाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य उत्पादन नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

कांग्रेसको समुदायकेन्द्रित कार्यक्रम स्थगित, पार्टीको झन्डा राखी बनाइएका फेसबुक हटाउन निर्देशन

कांग्रेसले वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।

चुनढुंगा उत्खननका कारण टाँटरीगाउँ पहिराको उच्च जोखिम

वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ। वर्षामा झनै माटो खुकुलो भएर एक्स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीय बताउँछन्।

बालुवाटार जग्गा प्रकरणमा तेस्रोपटक अनुसन्धान, तीनैपल्ट किन भएन पूर्वप्रधानमन्त्रीहरूमाथि मुद्दा चलाउन सिफारिस?

चौतर्फी दबाब र अदालतको अवहेलनामा कारबाही हुनसक्ने भयका कारण सीआईबीले अन्तिम घडीमा पूर्वप्रधानमन्त्रीहरूसँग बयान कागज त गरायो, तर उनीहरूलाई सरकारी साक्षी मात्र बनाउने राय दिएर प्रतिवेदन बुझायो।

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धि विरुद्ध विद्यार्थी आन्दोलित (भिडियो)

अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले ३ लाख २० हजार रुपैयाँ शुल्क तिर्छन्। शुल्कवृद्धिसँगै ७ लाख ७५ हजार ४२० रुपैयाँ हुने विद्यार्थी नेताहरूको भनाइ छ।

हङकङमाथि नेपालको ६ विकेटको जित

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा विजयी शुरूआत गरेको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

हरित जलवायु कोषः आफ्नै कारण नेपालले गुमाइरहेको छ अनुदान

जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुधिरहेको नेपालले यसका प्रतिकूलतासँग जुध्न अन्तर्राष्ट्रिय कोषबाट पाइने अर्बौं रुपैयाँ अनुदान आफ्नै कारण गुमाइरहेको छ। 

सत्तापक्षले ध्यान नदिँदा सदन सुचारु हुन सकेन: देवेन्द्र दाहाल

नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए।

सदन खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक बुधबारलाई सर्‍यो

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले मंगलबार समय अभावका कारण सर्वदलीय बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ३३ करोडको कारोबार

मंगलबार १८१ कम्पनीको शेयरमूल्य बढ्दा ४२ कम्पनीको घटेको छ। नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक हरियो देखिएको छ।

संसद् बैठक सूचना टाँसेर बुधबारसम्म स्थगित

मंगलबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर संसद् सचिवालयले बुधबार ३ बजेसम्म स्थगित भएको जनाएको छ।

सरकार विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउन लागेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताए।

पहिरो पन्छ्याएर दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।