AnonymousUser

Logout

नक्कली शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी, ८ जना पक्राउ

पैसा असुलको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरूले २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

पोखराका आकर्षण डेविज फल्स र गुप्तेश्वर गुफामा कसरी ठडिए ‘ज्यानमारा धराप’?

डेविज फल्स र गुप्तेश्वर गुफाबाट ५० मिटरसम्म भौतिक संरचना बनाउन नहुने सरकारी अध्ययनको निष्कर्ष छ। पोखरा महानगरले भने २०० मिटर मापदण्ड तोकेको छ। तर, यही मापदण्डभित्र २०० भन्दा बढी ‘धराप’ ठडिइरहेका छन्।

बाँकेमा बढ्न थाल्यो डेंगी संक्रमण

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगीको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए।

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन्।  

मस्काेमा आक्रमण गरेको आराेपपछि जेलेन्स्कीले भने– पुटिनको ज्यान लिने प्रयास गरेका छैनौँ

बुधबार मस्कोस्थित एउटा सरकारी भवनमा आगलागी र विस्फोटको भिडियो सार्वजनिक भएको थियाे। यसलाई मस्कोले पुटिनको हत्या प्रयासका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।

दार्चुला हिमपहिरो : ३ जनाको शव भारतीय सडकबाट खलंगा ल्याइँदै, २ अझै बेपत्ता

नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। वर्षा र हिमपात नरोकिएकाले बेपत्ता हुनेको खोजीमा भने कठिनाइ भएको छ।

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशयपत्र

बोर्डको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले थप १३ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो। आशयपत्र पाएका कम्पनीले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्नेछ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई रुपन्देहीमा पक्रने तयारी, छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

अर्घाखाँचीमा रहेका रायमाझी बिहीबार रुपन्देही आइपुगेको र उनलाई पक्राउ गर्ने तयारी भएको प्रहरीका एक वरिष्ठ अधिकृतले जानकारी दिए।

पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली, काठमाडौँमा बिहानैदेखि वर्षा

दिउँसो कोशी, मधेश र बागमतीलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

नवनियुक्त मन्त्रीहरूको शपथ आज ३ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा बुधबार कांग्रेसका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।

काँकडभिट्टाबाट ९ महिनामा १७ करोडको बन्दागोभी निर्यात

चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।

पश्चिमी रुवान्डामा बाढी, कम्तीमा १३० जनाको मृत्यु

मंगलबार रातिदेखि परेको भारी वर्षाले रुवान्डाको उत्तरी र पश्चिमी प्रान्तमा ठूलो क्षति पुर्‍याएको छ। वर्षा नरोकिएकाले बाढी प्रभावितको उद्धारमा कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यम आरबीएले जनाएको छ।

म्यानचेस्टर सिटीले वेस्ट हामलाई हरायो, हालान्डको कीर्तिमानी गोल

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औँ खेलमा यो कीर्तिमान बनाएका हुन्।

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ।

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सातदोबाटोले शीर्ष स्थानमा उक्लिने मौका गुमायो, चर्च ब्वाइज दोस्रो स्थानमा

हिमालयन शेर्पासँग १-० ले हारेर 'ए' डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको सातदोबाटो चौँथो स्थानमा खुम्चिएको छ।

बहालवाला सचिव पक्राउदेखि पूर्वमन्त्रीलाई पूर्जी काटिएको नक्कली शरणार्थी प्रकरण के हो?

भुटानी शरणार्थी समस्या सुल्झाउन गृह मन्त्रालयद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै मोटो रकम लिएर नेपाली नागरिकलाई ‘भुटानी शरणार्थी’मा सूचीकृत गरिएको थियो।

अनन्तमायालाई उद्धार गर्न मानवअधिकार आयोगमा उजुरी, बिहीबार आयोगको टोली पुग्ने

आफ्नै घरभित्र बन्धक बनाइएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई तत्काल उद्धार गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन परेको छ।

एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न ‘समन्वय गर्दै’ प्रहरी

गैरभुटानीलाई शरणार्थीका रूपमा अमेरिका लैजाने घटनामा संलग्न देखिएको भन्दै प्रहरीले एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने तयारी गरेको छ।

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

भारतमा आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले पनि सहभागिता जनाउने भएको छ। प्रतियोगितामा कुवेतसँगै भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी हुनेछन्।