प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समर्थक दलहरूका नेताहरूलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका छन्।
नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई जोगाउन ‘राजनीतिक चलखेल’ भइरहेको आशंकाबीच न्यायको ‘झिनो आशा’ बोकेर आमाहरू अन्तिम फैसला हुने दिन जेठ ३० को पर्खाइमा छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाही लगायतका नेताहरूले ‘नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा’ गरेका छन्।
माओवादीका ‘अयोग्य लडाकु’लाई राहतस्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन नगराउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
भारतबाट स्वास्थ्योपचार गरी फर्किएको १६ दिन बितिसक्दा पनि राष्ट्रपति पौडेलको स्वस्थ्य पूर्णरूपले ठीक नभएपछि जेठ ५ गते संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम वाचन गर्न प्रधानमन्त्रीले साथ दिने तयारी छ।
सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने अनुमान गरेको छ।
नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्रीलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याउन, भ्रष्टलाई नजोगाउन खबरदारी गरेका छन्।
यादवले मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन आफूलाई संघीय सरकारको परराष्ट्रमन्त्री बनाउनुपर्ने पक्षमा लबिइङ गरिरहेको कांग्रेसका एक नेता बताउँछन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पुर्याउने बाटोसम्म पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
सुदन किरातीले आफूलाई संसद् र मन्त्रीलाई अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको बताएका छन्।
सांसदहरूले पार्टीगत रूपमा भन्दा पनि राज्यको सम्पत्ति हिनामिना भइरहेको विषयमा सार्वजनिक लेखा समिति गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको कांग्रेस प्रवक्ता महतले बताएका छन्।
सोमबार साँझको हावाहुरीका कारण १०० जनाभन्दा बढी सगरमाथा आरोहीहरू साउथ कोल (क्याम्प ४) मा अड्किएका छन्। हिमालयन एक्सिपिडिसबाट गएका जापानी र इटालियन आरोही सम्पर्कविहीन भएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्किन नपाउने बताएका छन्।
प्रतिनिधिसभा नियमावली,२०७९ ले सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था गरेको छ। सोही अनुसार सांसद थापाले ध्यानाकर्षण गराएका हुन्।
चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।
सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ।
घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ।