सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।
पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार साँझ आएको आँधीबाट एक हजार ६४६ घरमा क्षति भएको छ। ४०५ जना विस्थापित भएका छन्।
संविधान बनेपछिका आठ वर्षमा सबैभन्दा धेरै आलोचना केही कुराको भइरहेको छ भने त्यो हो– प्रदेश संरचना। के बामे सर्दै गरेको संघीयतामा प्रदेश संरचना नै समस्या हुन्? किन तारो बन्यो प्रदेश संरचना?
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ। तर, सत्तारुढ दलले भने एमालेले लामो समय संसद् अवरोध गरेका कारण विधेयकमा छलफल हुन नपाएको बताएका छन्।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूको अवरोधका कारण विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ।
विभागले बस सेवाको १० दिनसम्म निरन्तर अनुगमन गर्नेछ। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा अन्य सडकमा पनि विस्तार गर्ने र दिनभरि नै सञ्चालन गर्ने सरकारको योजना छ।
संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट करिब ५० हजार शिक्षक काठमाडौँ आएको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्।
भेटवार्ताका क्रममा दुई नेताबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। उक्त संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।
सिटीको जितमा जुलियन अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
न्याय परिषद्को ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।
जारी भएलगत्तै संविधान जलाएका दलहरू अहिले सत्तामा पुगेका छन् र संविधान कार्यान्वयन गर्ने जिम्मेवारी नै सम्हालेका छन्। तर ८ वर्षमा पनि संविधानप्रति मधेशको असन्तुष्टि हल हुन सकेको छैन, किन?
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत गतिमा बस चल्ने भएपछि यो रुटमा दैनिकजसो यात्रा गर्ने यात्रुहरू उत्साहित भएका छन्। तर, यो सेवा दीर्घकालीन हुने हो या होइन भन्ने चिन्ता उनीहरूमा छ।
कांग्रेस सभापति देउवाले मुकुन्द रिजालले अग्रसरता लिएका काम पूरा गर्ने दायित्व पार्टीको काँधमा आएको बताए।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोली १९औँ एशियन गेम्सको पहिलो खेलमा बहराइनसँग पराजित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरिदिएका छन्।
कांग्रेसलाई चलायमान बनाउन पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको नेता दीलेन्द्रप्रसाद बडूले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।