AnonymousUser

Logout

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

मौसमविद्का अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बन्द हुँदै दिल्लीस्थित अफगानी दूतावास

भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ। 

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री

चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने र अन्य शहरबाट पनि प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको भनाइ छ।

नेपाललाई भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।

अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन्। 

बुबाआमाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्।

भाडा नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस्किल, निजी क्याम्पसले ३४ लाख तिर्न बाँकी

कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ। आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन्।

न्युयोर्कमा शक्तिशाली आँधी: आपत्कालीन अवस्था घोषणा

बाढीका कारण न्युयोर्क शहरका सबैजसो सबवे प्रणाली, सडक र राजमार्ग डुबानमा परेका छन्। 

१४ दिनको विदेश भ्रमणपछि आज स्वदेश फर्किँदै प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। उनी उतैबाट असोज ५ गते चीन गएका थिए।

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हस्त पण्डितलाई एक मतले पराजित गरेका हुन्।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाँडीगाउँमा पनि मनाइयो इन्द्रजात्रा (भिडियो)

हाँडीगाउँमा मनाइएको इन्द्रजात्रा महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिताका साथै नेवारी खानाका स्टलसमेत राखिएका थिए।

काठमाडौँमा बढे डेंगीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौँ महानगर स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगीका बिरामी नगण्य मात्रामा थिए, तर अहिले बिस्तारै बिरामी बढिरहेका छन्।

अभिनेता अनमोल केसी पक्राउ

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सांसदको माग

सांसदले स्वास्थ्यकर्मीको दरबन्दी बढाउँदै स्वास्थ्य संस्थाहरूलाई स्रोतसाधन सम्पन्न बनाउन सरकारसँग माग गरेका छन्।

माधव नेपाल भन्छन्– देश र जनताको हितका निम्ति एकीकृत समाजवादी अग्रपंक्तिमा उभिन्छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश र जनताको हितका निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन्। 

शासकीय मानसिकता नफेरिएसम्म संघीयता कार्यान्वयनमा समस्या: कावा प्रधानमन्त्री

संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐननियम बनाए पनि राम्रो परिणाम प्राप्त हुन नसक्ने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ छ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गर्न निर्देशन

संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसद्मा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

‘भीभीआईपी’का निजी चिकित्सकः छनोटको मापदण्ड नहुँदा नियुक्तिमा मनोमानी

विशिष्ट पदाधिकारीहरूले निजी चिकित्सक आफूखुशी राख्ने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्। ‘भीभीआईपी’ले आफ्ना पार्टीनिकटका या व्यक्तिगत चिनजानका चिकित्सक रोजेर नियुक्त गर्ने चलन छ। 

काठमाडौँको मार्की खेलाडी हिसुब, बिकेश पुगे इलाम

हिसुबले गत संस्करण जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनले लिगका लागि खेलेका २५ खेलमा ४ गोल र ४ गोलका लागि मौका सिर्जना गर्दिएका थिए।